ब्लाष्टखबर । विराटनगरका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–१०का ७६ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रहरीका अनुसार भदौ ११ गते पीसीआर परीक्षण गर्दा उनमा कोरोना सङ्क्रमण देखिएको थियो ।

उनको कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा आज बिहानको ५ : १५मा मृत्यु भएको प्रहरीले जनाएको छ ।