ब्लाष्टखबर । पछिल्लो २४ घन्टामा देशभर ९ सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले २ सय ९० महिला र ६ सय ९० पुरुष सङ्क्रमित भएको जानकारी दिए । १ हजार ८ सय १४ जना डिस्चार्ज भएका छन् । हालसम्म देशभर सङ्क्रमितको सङ्ख्या ४६ हजार २ सय ५७ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म ७ लाख ६८ हजार ३ सय ४५ जनाको पीसीआर परीक्षणह गरिएकोे छ । २४ घन्टामा १० हजार ३ सय ८२ पीसीआर परीक्षण गरिएको थियो ।
हालसम्म क्वारेन्टिनमा ४ हजार ७ सय ३ जना रहेका छन् । त्यसैगरी सकृय संक्रमितको संख्या १७ हजार २७ छ ।
थप ९ को मृत्यु
कोरोना संक्रमणबाट २४ घण्टामा थप ९ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।
मृत्यु हुनेमा मोरङकी ६४ वर्षीया र झापाका ४५ वर्षीया महिला छन् । त्यसैगरी मोरङका ४५ वर्षीय, पर्साका ७७ वर्षीय, धनुषाका ३५ वर्षीय, चितवनका ७० वर्षीय र काठमाडौँका ७४, ६८ र ८५ वर्षीय पुरुष रहेका छन् । यो सँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८९ पुगेको छ ।