धरान । धरानमा शनिबार थप ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमण पुष्टि हुनेहरुमा धरानको निकेतन स्कुल नजिकैका ३३ वर्षीय पुरुष, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्जरी वार्डका हेल्थ एडहरु ३८ बर्षीया २ जना महिला र ४० बर्षीया हेल्थ एडमा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् । हालसम्म धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या २ सय ७ पुगेको छ ।