• सन्तोष गुप्ता

वराहक्षेत्र / महिला तथा वालिकाको समाचारमा वराहक्षेत्रका सञ्चारकर्मीले विशेष संवेदनशीलता तथा सजगता अपनाईनु पर्ने आवश्यकता औल्याइएको छ ।

विहिवार बराहक्षेत्र नगरपालिकाको चक्रघट्टीस्थित ईलाका प्रहरी कार्यलयमा स्थानिय सञ्चारकर्मी तथा प्रहरी विच सम्पन्न ‘महिला तथा वालिकाको मुद्दामा सञ्चारकर्मीको संवेदनशीलता’ विषयक अन्तरक्रियामा त्यस्तो आग्रह गरिएको हो ।

महिला अधिकार तथा समाजिक न्यायको क्षेत्रमा काम गर्ने गैर सरकारी संस्था, महिला पुनस्र्थापना केन्द्र ओरेक नेपालको आयोजनामा भएको कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यलय चक्रघट्टीका प्रहरी निरीक्षक पाडंव राजवंशीले पत्रकारले डीडितलाई न्याय मिल्ने समाचार सम्प्रेषण गर्नु पर्ने बताए ।

पत्रकारले पहिलो हुने दौडमा गोपनीय राख्नु पर्ने नाम ठेगाना सार्वजानिक गरिदिंदा पडितलाई भन् पिडा थपिने भने प्रहरी लाई समेत केसको अनुसन्धानमा कठिनाई हुने उनको भनाई थियो । अन्तरक्रियाका सहभागी पत्रकारहरुले महिलाको समाचारमा विशेष संवेदनशीलता अपनाउने तथा महिलामैत्री समाचारलाई प्रोत्साहन गर्ने नगरपालिका सञ्चारकर्मी तथा प्रहरीको विच संयन्त्र निर्माणको लागि पहल गरिने ओरेक नेपाल वराहक्षेत्रकी कार्यक्रम संयोजक बिमला घिमिरेले जानकारी दिइन् ।