विराटनगर । सामुदायस्तरमा कोरोना भाइरस फैलिएपछि निषेधाज्ञाको पहिलो दिन शनिबार प्रदेश १ को राजधानी विराटनगर सुनसान देखिएको छ ।
स्थानिय प्रशासनले निषेधाज्ञा जारी गरेपछि विराटनगरको सडक र बजार क्षेत्र सुनसान देखिएको हो ।

27

सडकमा प्रहरी परिचालन गरिएको छ । फाटफुट सडकमा देखिएका व्यक्तिलाइ प्रहरीले सोधीखोजी गर्छन् । अतिआश्वयक बाहेकका अन्य साधन र अनावश्यक मानिसको आवातजावतलाई कडाई गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । बिहान ६ बजे देखि ९ बजे सम्म अत्यावश्यक समान खरिद गर्न दिइएको भएपनि त्यस पश्चात् कडाइ गरिएको छ ।

25

सामुदायस्तरमा कोरोना संक्रमणको जोखिम बढेपछि नागरिकलाई घरबाहिर ननिस्कन अनुरोध गर्दा पनि अटेर गरेको कारण निषेधाज्ञालाई कडाइका साथ कार्यान्वयन गरिने स्थानिय प्रशासनले जनाएको छ ।

21

विराटनगर महानगरपालिका भित्र ९ जनाको मृत्यु भइसेको छ भने शुक्रबारसम्म ७ सय ७७ जना संक्रमित पुगेको छन् ।

24

जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिका, रंगेली नगरपालिकाको ४, ५, ६, ७, कटहरी गाउँपालिकाको १,२,३,४ र ५, र बुढीगंगा गाउँपालिकाको १,२, ३, ४ नम्बर वडामा भदौ १० गते रातको १२ बजेसम्मको लागि निषेधाज्ञा गरेको छ ।

23

22

26