ब्लाष्टखबर । भारतकाे केरलमा भएकाे एयर इन्डियाको एएक्सबी १३४४ बाेइङ ७३७ जहाज दुर्घटना हुँदा पाइलटसहित १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा जहाज दुइ टुक्रा भएकाे छ भने, क्याबिन क्रुका चार जना सदस्य सकुशल रहेकाे बताइएकाे छ । 

१९० यात्रु बाेकेर दुबईबाट आएको हवाईजहाज शुक्रबार बेलुकी केरलाको कोझिकोड विमानस्थलमा दुर्घटना भएको थियाे । 

वर्षाका कारण दुई पटक अवतरणको प्रयास असफल भएपछि तेस्राे पटककाे  प्रयासमा दुर्घटना भइ विमान दुई टुक्रा भएकाे थियाे। अवतरणको क्रममा रनवेमा चिप्लिएर विमान ३५ फिट टाढा खाल्डोमा खसेको थियो ।

दुर्घटनामा घाइते भएका १२३ जना यात्रुहरुलाई अस्पताल भर्ना गरिएको छ । २० जना घाइते गम्भीर अवस्थाका छन् । एजेन्सी