धरान / पूर्वमन्त्री सुनीलबहादुर थापासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उच्च स्तरकानेतासहितको ३० जनाले पार्टीबाट सामुहकि राजिनामा दिएको घोषणा गरेका छन् ।

शनिबार पार्टीका अध्यक्षत्रयलाई पत्र लेख्दै पूर्व उद्योग बाािण्ज्यमन्त्रीसमेत रहेका सुनील थापा, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलिप राइृी, आशाराम चौधरीसहित ३० जनाले राजीनामा दिएका हुन् । राजिनामा दिनेहरुमा केन्द्रीय सदस्यदेखि अधिकाशं जिल्ला अध्यक्षहरु रहेका छन् ।

नेतृत्व ढुलमुले दृष्टिकोणका साथ अगाडि बढेकाले पार्टी एकीकरणपछि पनि आकर्षण नबढेको र आफूहरुले पटकपटक ध्यानाकर्षण गराउँदा पनि जनमत प्रतिकुल अगाडि बढेकाले साथ दिन नसक्ने निष्कर्षमा पुगेउनीहरुले पार्टीलाई बुझाएको राजीनामा पत्रमा उल्लेख गरिएको छ । 

थापा काङ्ग्रेसमा जाने चर्चा

सुनिल थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन । ठूलो समुहसहित नेपाली कांग्रेस प्रवेश गर्ने यस अघि नै चर्चा चलेको थियो । थापालाई कांग्रेसले पदाधिकारी दिने गरि तयारी भइरहेको श्रोतले बताएको छ ।