यासोक । पाँचथरको तुम्बेवा गाउँपालिकामा सहिदको संझनामा सहिद पार्क निर्माण भएको छ । प्रदेश सरकारको सहयोगमा गाउँपालिकाको ३ नम्बर वडा स्थीत गढी थुम्कामा सहिद पार्कको निर्माण भएको हो । २०६२/०६३ को नजआन्दोलमा सहिद भएका नागरिकहरुको संझनामा उक्त पार्क निमार्ण भएको स्थानीय समाजसेवी देबेन्द्र खत्रीले बताए ।

सो जनआन्दोलनमा गाउँपालिकाका ७ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउ“नेहरुमा खम्बसीह कार्की, बलबहादुर खड्का, ठटबहादुर सुन्दास, दिपेन्द्र सुन्दास भीम मगर, गणेश बरायली र किरण राई रहेका छन । उनिहरुको संझनामा सहित पार्क निमाण भएको हो ।

प्रदेश एक सरकारको १० लाख र जनसहभागीता २ लाख १४ हजार ३ सय ४ रुपैयाँ गरी १२ लाख १४ हजार ३ सय ४ रुपैयाँमा निर्माणको काम भएको हो । उक्त क्षेत्रमा सहिद गेठ, दुई वटा चौतारो र १ सय मिटरको बाट निर्माणको काम भएको छ । पार्कको संरक्षणको लागि चारै तर्फ घेराबार गरिएको छ । सहिदको सम्मानका साथै पर्यावरणको संरक्षण र अन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने उदेश्यले पार्क निमाण भएको वडा नम्बर ३ का वडा अध्यक्ष कमल थापाले जनाए ।

सहिद पार्कबाट धनकुटा, तेह्रथुम पा“चथरका रमणीय स्थलको अवलोकन गर्न सकिन्छ । गाउ“पालिकाले कृषि पर्यटन बाटै गाउ“पालिकाको समृद्धिको योजना बनाउ“दै आएको छ । पर्यटन प्रवद्र्धनको लागि पर्यटकीय पूर्वाधार निर्माण गरी आन्तरिक आयश्रोत बढाउ“ने गाउ“पालिकाले लक्ष्य लिएको छ ।