धरान । दुई पटकसम्म ओलम्पियन बनेका चिनियाँ ब्याडमिन्टन खेलाडी लिन डानले व्यवसायिक खेल जीवनबाट सन्यास लिएका छन् ।

उनले ३६ वर्षको उमेरमा व्यवसायिक खेल जीवनबाट सन्यास लिएको घोषणा गरेका हुन् । उनले बेइजिङमा २००८ मा सम्पन्न खेलमा स्वर्ण पदक जितेका थिए भने बेलायतमा सन् २०१२ मा सम्पन्न खेलमा पनि स्वर्ण पदक नै हात पारेका थिए । उनले व्यवसायिक खेल जीवनबाट सन्यास लिएको घोषणा शनिबार गरेका छन् ।

जापानको टोकियोमा सन् २०२० मा सुरु हुन लागेको ओलम्पिक्समा सहभागी हुने लक्ष्यका साथ तयारी गरिरहेका लिन कोरोना महामारीका कारण खेल हुन नसकेपछि अबका खेलमा सहभागी नहुने घोषणा गरेका हुन् । कोेरोना महामारीका कारण विश्वभरका खेलहरू प्रभावित बनेका थिए ।

उनले खेल जीवनको अवधिभर ६६६ वटा सिङ्गल खेलमा पदक जितिसकेका छन् । डब्बल ओलम्पिक्समा उनले पाँच पटकसम्म स्वर्ण पदक हात पारिसकेका छन् । उनी विश्वकै नम्बर वान खेलाडी मानिन्छन् ।