पाँचथर । पाँचथरको तुम्बेवा गाउँपालिकाले बिपन्न समुदायका नागरिकलाई निशुल्क जस्तापाता बितरण गर्दै आएको छ । चालु आर्थिक वर्ष २०७६/०७७ को ३० लाख रकमबाट गाउँपालिकाका विपन्न नागरिकलाई निशुल्क जस्तापाता बितरण गर्न लागेको हो ।

सुख्खाक्षेत्रमा ‘घर छाउने खर’ को अभाव बढ्दै गएको छ । केन्द्र र प्रदेश सरकारले फुसको छानो हटाउँने अभियान अघि बढाइरहेका बेला गाउँपालिकाले पनि क्रमश फुसको छानो हटाउँन थालेको छ । कार्यालयको चालु आर्थिक वर्षको रकमबाट जस्तापाता खरिद गरी ५ वटा वडाका १ सय ५० घरधुरीलाई निशुल्क बितरण गर्दै आएको गाउँपालिका अध्यक्ष होमनाथ थापाले बताए । सबै वडामा बिपन्न घरधुरी छनोट गरी घरको नाप जाँचपछि जस्तापाता बितरण गरिएको छ ।

गाउँपालिकाले सबै भन्दा बढि वडा नम्बर २ का ६ सय ६५ मध्ये ३५ र सबै भन्दा कम वडा नम्बर ४ का ५ सय ४५ मध्ये २८ घरधुरीलाई छनोट गरी निशुल्क जस्तापाता बितरण गरिएको छ । यसै गरी सङघीय सरकारले पनि शुरक्षित जनता आवास कार्यक्रम अन्तरर्गत ४० घरधुरीलाई निशुल्क जस्तापाता बितरण गर्दै आएको छ । यो संगै गाउ“पालिकामा २ सय घरधुरीले जस्तापाता पाउँने भएका छन । यस अघि नै ३ नम्बर वडा कार्यालयले पनि वडावासीलाई निशुल्क जस्तापाता बितरण गरिसकेको छ ।