ब्लाष्टखबर । कञ्चनपुर जिल्लाकाे पुनर्वास नगरपालिकामा ट्याङ्करले माेटसराइकललाइ ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो । नगरपालिकाका वडानम्बर १ मा रहेकाे कालिका स्वास्थ्यचौकी नजिक सडक निर्माणकार्यमा पानी बोक्ने ट्याङ्करकाे ठक्करबाट मोटरसाइकलमा सवार वडा नम्वर ७ लोकेन्द्रसिंह ठगुन्नाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ ।

घटनापछि आक्रोसित भएका स्थानीयले सडक निर्माण स्थलमा पानी बाेक्ने  दुई वटा ट्याङ्करमाथि आगजनी गरेका छन् ।