राष्ट्रसङ्घकाे कार भित्रै यौन क्रियाकलाप, दुई कर्मचारी निलम्बित

alt
  • असार १९, २०७७
  • ब्लाष्ट खबर

बीबीसी / संयुक्त राष्ट्रसङ्घको गाडी प्रयोग गरेर यौन सम्पर्क गदैं गरेको समाचार सार्वजनिक भएको छ ।
इजरेलमा कार्यालयको गाडीभित्र यौनिक गतिविधि गरेको आरोपमा आफ्ना दुई कर्मचारीलाई संघले निलम्बन समेत गरेको छ।

तेल अभिभस्थित समुद्री तटनजिक एउटा मुख्य सडकमा राष्ट्रसङ्घको चिह्न अङ्कित गाडीभित्र ती दुई जनाको यौन क्रियाकलाप खिचिएको थियो । रातो पहिरनमा रहेकी एक महिला कारको पछिल्लो सीटमा तीमध्ये एक यौन गतिविधी गदैं आएको भिडिओमा देखिएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

अठार सेकेन्ड लामो भिडिओ गत महिना सामाजिक सञ्जालमा व्यापक रूपमा प्रसारित भएपछि राष्ट्रसङ्घले त्यसबारे अनुसन्धान गर्न दवाव परेको थियो । राष्ट्रसङ्घीय महासचिवका प्रवक्ता स्टेफन ड्यूजरिकले उक्त भिडिओ फुटेजबाट आफू स्तब्ध भएको बताए।

राष्ट्रसङ्घका अनुसार भिडिओमा देखिएका व्यक्तिहरू इजरेलस्थित राष्ट्रसङ्घीय शान्तिसेनाको मिशन यूएनटीएसओमा कार्यरत भएको टुङ्गो लागेको बीबीसीप्ले जनाएको छ । उनीहरू घटनाबारे अनुसन्धान सम्पन्न नहुँदासम्मका लागि बेतलबी बिदामा बस्नेगरी निलम्बनमा परेका छन्। आफ्ना कर्मचारीहरूद्वारा गरिने अनुचित यौनिक गतिविधिविरुद्ध राष्ट्रसङ्घको कडा नीति छ।

नियम उल्लङ्घन गर्न कर्मचारीलाई राष्ट्रसङ्घले अनुशासनको कारबाही गर्न सक्छ। त्यस्ता कर्मचारीलाई राष्ट्रसङ्घीय शान्ति स्थापनाको काममा प्रतिबन्धित वा फिर्ता गरिन सक्छ । तर थप अनुशासन वा कानुनी कारबाही गर्ने जिम्मेवारी ती कर्मचारीको देशको हुन्छ।
शान्ति स्थापक र अन्य कर्मचारी गलत यौनिक गतिविधिमा संलग्न भएको आरोपमा राष्ट्रसङ्घले लामो समयदेखि छानबिन गर्दै आएको छ। पछिल्ला दिनहरूमा त्यस्ता आरोपका घटना निरन्तर हुने गरेका छन् ।

एउटा प्रतिवेदनअनुसार सन् २०१९ मा राष्ट्रसङ्घका कर्मचारीविरुद्ध १७५ वटा यौन शोषण र दुर्व्यवहारका आरोप लागेको थियो । तीमध्ये १६ वटा पुष्टि भएका छन् भने १५ वटा पुष्टि हुन सकेनन्। अन्यमा अनुसन्धान चलिरहेको छ । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले राष्ट्रसङ्घभित्र अनुचित यौनिक क्रियाकलापविरुद्ध शून्य सहनशीलताको नीति छ ।

हर्क साम्पाङको रिहाई ...

ब्लाष्टखबर । धरानकाे खानेपानीकाे मुहानमा पाईप तोडफोड गर ...

मोरङको रंगेलीमा २८ स ...

विराटनगर / मोरङको रंगेली नगरपालिका भित्र शुक्रबार २८ जन ...

हरियाली सामुदायिक वन ...

ब्लाष्टखबर । हरियाली सामुदायिक वनकाे आवास गृहमा&nb ...

मोरङमा ६२ र सुनसरीम ...

विराटनगर । मोरङमा ६२ जना सहित प्रदेश १ मा शुक्रबार ९५ ज ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved