धरान । स्पेनिस लालिगामा बार्सिलोना र रियल मड्रिडबीच उपाधि होडका लागि स्पर्धा हुँदै आएको छ । सुरुवाती खेल चरणमा धरमराएको रियल अहिले स्पष्ट अग्रता कायम गरेको छ ।

हिजो राति सम्पन्न खेलमा रियलले गेटापेमाथि स्पष्ट जित हासिल गर्दै आफूलाई ४ अंकले अगाडि बढाएको छ । खेलमा कप्तान सर्जियो रामोसले पेनाल्टमिार्फत गोल गर्दै १–० को जित निकाले । खेलको अन्त्यतिर उनले गोल गर्दै उपाधि होडमा रियललाई उभ्याउन सफल भए ।

त्यसो त यही सिजनबाट जिनेदिन जिदानलाई पुनः प्रशिक्षकको रूपमा भित्र्याएको रियलले सोचेअनुरूप जित निकाल्न नसक्दा उनको खुबै आलोचना भएको थियो तर उनले आफ्नो धैर्यतालाई कायम राखे । फलतः अहिले बार्सिलोनाभन्दा ४ अंकले रियल अगाडि छ । रियलको यो लगातार छैठौं जित हो । स्पेनिस ला लिगामा बार्सिलोना र रियलबीचको खेल हेर्नलायक हुन्छ ।

बिहीबार रातिको खेलमा गेटाफेले उत्कृष्ट अवसरहरू पाए पनि गोल गर्न चुक्दा रियल आफूलाई अब्बल सावित गरेको हो । खेलमा रामोसले ७९ औं मिनेटमा गोल गरेका थिए । बुधबारको खेलमा बार्सिलोनाले एथ्लेटिको मड्रिडसँग २–२ को बराबरी खेलेको थियो । सन् २०१७ यता रियलले घरेलु तथा बाहिरका लिगहरू जित्न सकेको छैन । जसले गर्दा रियलमाथि दबाव कायम छ । रियलले ७४ अंकको अग्रता कायम गर्दै शीर्ष स्थानमा छ ।