धरान । ३२५ एवान लायन्स क्लब अफ दन्तकाली धरान र लियो क्लब अफ दन्तकाली धरानले सरस्वती बाल आश्रममा आश्रित बालबालिकालाई खाना खुवाएका छन् ।

लायन्स डेको अवसर पारेर आश्रममा आश्रित करिब २९ जना बालबालिकाहरूलाई खाना खुवाइएको दन्तकालीकी अध्यष रुकमणी मास्केले जानकारी दिइन् । संस्थाका सचिव इन्द्र कार्कीले सञ्चालन गरेको कार्यक्रममा लियो क्लबका अध्यक्ष सुभम शाक्य पनि सहभागी रहेका थिए ।