ब्लाष्टखबर । चीनकाे संसदबाट हङकङकाकालागी बनेकाे राष्ट्रिय सुरक्षा विधेयक पारित गरेको छ । चीनको नेशनल पिपुल्स कांग्रेसको स्थायी समितिले सर्वसम्मतरुपमा यो विधेयक पारित गरेको हो ।

विधेयक पारित भएसँगै कानुन लागु भएपछि हङ्‌कङमा चीनको प्रभाव बढ्ने र उक्त सहरको स्वतन्त्रता सङ्कुचित हुने आशङ्का छ।

चीनले गत महिना चीनविरोधी विविध गतिविधिलाई अपराध ठहर गर्ने प्रावधानहरू भएको उक्त कानुन लागु गर्ने घोषणा गरेको थियो। त्यसबाट पृथक्तावाद, राज्यविप्लव, आतङ्कवाद र विदेशी शक्तिसँगको मिलेमतोजस्ता गतिविधिलाई नियन्त्रण गर्न सकिने उसको तर्क छ।

यो विधेयकको अमेरिका, बेलायत र अन्य पश्चिमा मुलुकले विरोध गर्दै आएका थिए । चीनले भने यसले आतंकवाद, पृथकीकरण र विदेशी शक्तिसँगको साँठगाँठ रोक्नमा सहयोग गर्न सक्ने बताएका छन् ।

 

विविसी