• विवेक मिश्र/लक्ष्मीमार्ग

कोभिड १९ कोरोना भाईरको महामारी फैलन नदिन चैत्रदेखी भएको विद्यालय बन्दका कारण अन्य ठाँउमा जस्तै मोरङका पनि सामुदायीक विद्यालयका करिव १ लाख २५ हजार विद्यार्थी नियमित पठन पाठनबाट बञ्चीत छन् । विद्यालय बन्द भईरहेको अवस्थामा पनि मोरङका केहि विद्यालयहरुले पठनपाठन बन्द भएको अवस्थामा मोरङको बेलबारीमा गाउँ–गाउँमा घुम्ती शिक्षण सुरु गरेका छन् ।

मोरङमा ५ सय ३७ सामुदायीक विद्यालय छन् जसमध्ये १६३ माध्यमिक स्तरका, १०२ निम्न माध्यमिक स्तरका र १७२ प्राथमिक स्तरका विद्यालयहरु छन् । त्यसैगरी जिल्लाभर ३९८ संस्थागत विद्यालयहरु छन् । कतिपय ठाउँमा विद्यार्थीहरु नेटको पहुँचमा छैनन्, नेटको पहुँच भए तापनि सबै विद्याथीहरु संग नेट चलाउने उपकरणहरु छैन त्यस किसिमको विद्यार्थीहरुको लागी घुम्ती शिक्षण प्रणाली प्रभावकारी बन्दै गएको बेलबारी–१० बलुवाही स्थित रहेको श्री धीरनाथ सन्फूल विश्वास माध्यमिक विद्यालयका प्रधानध्यापक पुर्ण प्रसाद कोइराला बताउछन् ।

शहरी क्षेत्रका शैक्षिक संस्थाले अनलाइनबाट पढाई सुरु गर्न थालेको अवस्थामा धीरनाथ माविले यस बारेमा सोचेको थियो । तर आफ्ना विद्यार्थीमा सूचना र प्रविधिका साधनको पहुँच करिव सात प्रतिशत मात्र सर्वेक्षण गर्दा पाएपछि अनलाइनको विकल्प खोजिएको विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद कोइरालाले जानकारी दिए । शिक्षा मन्त्रालयले जारी गरेको शिक्षा निर्देशिका बमोजीमनै संक्रमणबाट सतर्कता अपनाउदै गाउँ–गाउँमा घुम्ती शिक्षण सुरु गरेको शिक्षा विकास तथा समन्वय ईकाइ मोरङका प्रमुख दिर्घधोज चापागाँई बताउछन् । चापाँगाँईका अनसार विद्यार्थीको सिकाईलाई निरन्तरता दिन अबिभावकहरुले पनि सिकाईलाई थप मद्दत गर्नुपर्ने बताउछन् ।

हाल बेलबारीका धिरनाथ संफुल बलुवाही, जनता माबी राधानगर, जनता माबी बाहुनी, लक्ष्मी मा.बी लक्ष्मीमार्ग लगायतका विद्यालयहरुले स्थानीय तह तथा अबिभावकहरु संग समन्वय गरेर सामुदायीक विद्यालयका शिक्षक विद्यार्थीहरु संग टोलटोलमा पुगेर सिकाई गरिरहेको शिक्षक महासंघ बेलबारीका अध्यक्ष तथा लक्ष्मी माविका प्रधानध्यापक गोविन्द भण्डारी बताउछन् ।