धरान / एक २ महिने शिशुको पेटमा डेढ केजीको ट्युमर पलाएको पाइएको छ । उक्त ट्युमरको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्जरी विभागका पेरियाडिक इञ्चार्ज बालरोग सर्जन डा. राजेश साहले शल्यक्रिया गरेर निकालेका छन् ।

धनकुटा चौविसे गाउँपालिका ८ साम्मेवाकी विनिता लिम्बुकी २ महिने छोरी ५ केजीकी थिइन । उनको पेटबाट डेढ केजीको ट्युमर निकालिएको डा. राजेश साहले जानकारी दिए । जेठ २ गते प्रतिष्ठानमा भर्ना गरि जेठ १८ गते शल्यक्रिया गरिएको थियो । ती शिशुको जन्म पनि प्रतिष्ठानमा नै भएको थियो ।

जन्मेदेखि नै पेट ठूलो भएको र जन्मेको २० दिन पछि चेक गराउदा पेटमा ट्युमर पाइएको थियो । २ महिना पछि ती शिशुको शल्यक्रिया गरिएको हो । हाल शिशुको अवस्था सामान्य रहेको शिशुका बुवा दिपेन्द्र लिम्बुले जानकारी दिए ।
एकसाता अघि घरफर्के पनि नियमित फलोअपमा आउने गरेको डा.साहले जानकारी दिए । शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

शिशुका बुवा दिपेन्द्रका अनुसार बच्चाको पेट बढ्दैं जादा २० दिनमा असामान्य भए पछि प्रतिष्ठान ल्याएका थिए । सर्जन डा. साहका २ महिनाको यतिको तौलको ट्युमर नौलो भएको बताए । यस अघि ३ महिनाको बच्चामा भने उक्त तौलका ट्युमर पाइएको थियो ।

एससिवी मेडिकल कलेज उडिया भारतको पेरियोडिक सर्जरी विभागले सन् २०१८ मा ३ महिनाको एक बालकको सर्जरी गरेर डेढ केजीको टेयुमर लिकालेका थिए । २ महिनाको बच्चामा यति ठूलो ट्युमर निकालेको हालसम्म मेडिकल अनुसन्धान रिर्पोटमा नपाइएको डा‍ साहले बताए । 

डा.साहका अनुसार न्यूरोब्लास्ट्रोमा र नेफ्रोब्लास्टोमा पछि टेराटोमा बाल जनसंख्यामा तेस्रो सबैभन्दा सामान्य प्राथमिक रेट्रोपेरिटोनियल ट्यूमर हो । टेराटोमा जीवाणु कोषहरूबाट उत्पन्न हुन्छ जुन विभिन्न स्थानमा पाउन सकिन्छ । यो गोनाडल र एक्ट्रागोनाडल हुन सक्छ ।