सिरहा । सिरहा जिल्लाको कल्याणपुर नगरपालिका-६ (भोक्राहा) मा १ सय ३० मिटरको सडक निर्माण शुरु भएको छ ।

प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेशकुमार मण्डलले सांसद् विकास कोषबाट पक्की सडकका लागि बजेट विनियाेजन गरिदिएपछि सडककाे निर्माण थालिएको हो । मण्डलले सडककाे शिलान्यास गरे । कल्याणपुर नगरपालिका वडा नं.६ (भोक्राहा) मा दश लाखको लागतमा सडक निर्माण हुन लागेको जनता समाजवादी पार्टीका युवा नेता प्रदीपकुमार साहले बताए । 

निर्माण हुन लागेको सडक शिलान्यासमा युवा नेता साह, कल्याणपुर नगरपालिका-५ का वडाध्यक्ष दिपेन्द्र बरबरिया यादव, समाजसेवी कुशेशवर साहलगायत सहभागी थिए ।