उदयपुर/ उदयपुरमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर स्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ५ जनामा संक्रमण पुष्टि भएको हो ।

उदयपुरगढी गाउँपालिकाका १, ताप्ली गाउँपालिकाका १, कटारी नगरपालिकाका १ र त्रियुगा नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको जनस्वास्थ्य कार्यालय उदयपुरल जनाएको छ । यो संगै उदयपुरमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ ।

ताप्लि गाउँपालिकामा पहिलो पटक कोरोना संक्रमित भेटिएको हो । अब जिल्लाको ८ वटा स्थानीय तह मध्ये २ वटा गाउँपालिकामा मात्रै संक्रमणबाट सुरक्षित रहेको छ भने ६ वटा पालिकामा देखा परिसकेको छ ।