धरान / पछिल्लो समय देशभर कोरोना संक्रमण बढि रहँदा दैनिकजस्तो दुर्घटनामा मर्नेको संख्या भने न्यूनिकरण भएको छ । कोरोनाले नेपालमा चैत यता १९ जनाले ज्यान गुमाएका छन् । ६ हजार ५ सय ६१ संक्रमित छन् । कोरोनाको मिटर बढ्दैं जादा ठूलो महामारी र विश्वमा भन्दा बढि मानिस मदैं आएको सवारी दुर्घटनाको मिटर भने केही हदसम्म रोकिएको छ ।

push-fagun 1

                                                                          श्राेत: प्रदेश प्रहरी कार्यालय, विराटनगर

विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार नेपालमा मानिसको मृत्युको चौथो कारणको रुपमा सडक दुर्घटना भएको जनाएको छ । बर्सेनि नेपालमा हुने मृत्युमध्ये ७ प्रतिशत मानिसको सडक दुर्घटनाबाट मृत्यु हुने गरेको तथ्यांक छ । यस्तै, नेपालमा दुर्घटनाबाट दैनिक औसतमा ६ जनाले ज्यान गुमाउने गरेको तथ्यांकले देखाएको छ ।

तर कोराना महामारीका कारण सरकारले लकडाउन गरेकाले गर्दा सार्वजनिक यातायात चलेका छैनन् । जसका कारण ७० प्रतिशत सडक दुर्घटना रोकिएको छ ।
विगतमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको तथ्यांक डर लाग्दो हुने गरेको थियो । तर लकडाउन भए पछि दुर्घटना तथ्याङ्क घटेको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका डिएसपी सुमन तिम्सिनाका अनुसार प्रदेश १ मा पुस, माघ र फागुनमा दुर्घटनाबाट ९९ जनाको ज्यान गएको थियो । प्रदेश १ का १४ जिल्लाहरुमा ४ सय ३२ वटा दुर्घटना भएको थिए । ३ सय ९२ जना घाइते भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

तर चैत्र बैशाख र जेठ २५ गतेसम्ममा प्रदेश १ मा २ सय ७ वटा मात्र दुर्घटना भएका छन् । ३४ जनालेज्यान गुमाएका छन् भने २ सय १५ जनाघाइते भएका छन् । पुस माघ र फागुन कै अनुपातलाई हेर्ने हो भने ६४ जनाले कोरोनाका कारण ज्यान बचाउन सफल भएका छन् । सरकारले गत चैत ११ गतेदेखि सर्वाजनिक यातायात संचालनमा रोक लगाएको छ । सो अवधीमा दुर्घटनाको संख्या घटेको हो ।


वेस्ट अफ इङ्गल्यान्ड विश्वविद्यालयमा कार्यरत सडक सुरक्षा एवं जनस्वास्थ्यविद् पुष्पराज पन्तका अनुसार देश भर दैनिक २ जनाको ज्यान जाने गरेको बताएका छन् ।
हाल नेपालमा अत्यावश्यक सेवा, विवाह, मलामी, रिजर्भका गाडी र पास बोकेका सवारी मात्र चल्दै.आएका छन् । अहिले प्रहरीलाई सडक दुर्घटना नियन्त्रण, तथ्यांक संकलन वा सडक सुरक्षा प्रवद्र्धनका लागि भन्दा पनि कोरोनासम्बन्धी जिम्मेवारीलाई प्राथमिकतामा राखिएको छ । यसले पनि दैनिक सरदर दुई जनाको अकालमा ज्यान लिइरहेको अवस्था भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य लक्ष्मी बाँनिया बताउछन् । आगामी दिनमा दुर्घटना न्यूनिकरणका लागि नयाँ रणनीति आवश्यक भएको उनको भनाई छ ।

chait-jesth 1

                                                                           श्राेत: प्रदेश प्रहरी कार्यालय, विराटनगर