धरान  नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान नगर कमिटीले भरखरै धरान आएका इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतलाई स्वागत गरेको छ ।
आज संगठनको कार्यालयमा सामाजिक दुरी कायम गरि एक कार्यक्रम गरि स्वागत गरेको हो । प्रहरी प्रशासन र यातायात 
सुरक्षा तथा यातायातमा हुने समस्या समाधानमा सहज हुने भएकाले सहकार्य आवश्यक रहेको संगठनका अध्यक्ष कमल भट्टराईले बताए ।

धरानको शान्ति सुरक्षा कायम गर्न  प्रहरी प्रशासनलाई सहयोग गर्न मजदुर संगठन तयार रहेको सन्देश दिन स्वागत कार्यक्रम गरिएको संगठनका केन्द्रीय सदस्य लक्ष्मी बाँनियाले जानकारी दिए ।
स्वागत कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य तथा कानुन व्यवसायी पदम इस्वोले धरानको शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई पार्टीले सहयोग गर्ने बताए । यस्तै नेकपा धरान नगर कमिटी अध्यक्ष नारायण सुवेदी, प्रेस संगठन नेपालका केन्द्रीय सदस्य देवेन्द्र कार्कीले प्रहरी र धराने जनता हातेमाला गरेर अघि बढ्न सुझाव दिएका थिए । स्वागत पछि डिएसपी बस्नेतले संगठनको न्यानो स्वागतले आफुलाई काम गर्न उर्जा थपेको बताए । आफु कानुन कार्यन्वयन गर्ने निकाय भएकाले आफ्नो जिम्मेवारी पुरा गर्ने बताए ।
कार्यक्रममा नेकपा धरानका कार्यालय सदस्य राजमणी निरौला, पारसकाङमाङ राई, मजदुर संगठनका प्रदेश सदस्य गोविन्द गिरी, इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर हेमराज ओली, युवा नेता दिपक बनेपालीलगायतको उपस्थिति रहेको थियो ।