धरान / सरकारले उपलब्द गराउदैंआएको सामाजिक सुरक्षा भत्ता बैंकबाट लिन ठूलो लाइनमा बस्नु पर्ने बाध्यता भए पछि धरान उपमहानगरपालिका १४ नं. वडाले वडा कार्यालयबाटै वितरण गरेको छ । १४ नं. वडामा बैक नहुँदा सामाजिक सुरक्षा भत्ता लिन सास्ती भोग्दैं आएका बेला वडा अध्यक्ष कृष्ण भट्टराईले राष्ट्रिय बाणिज्य बैंकका धरान शाखा मेनेजर हरिबाबु आचार्यसँगको सहकार्यमा आज २७ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।

यस अघि लाभग्राहीहरुले बैंकमा लाइन लागेर सेवा लिदैंआएका थिए । विहानदेखि लाइन बस्दा कतिपय वृद्धावृद्धहरु उभिन नसकेर समस्यामा पदैं आएका थिए ।

१४ नं. वडामा वृद्धवृद्धा, महिला, विदुवालगायत गरेर सामाजिक सुरक्षा भत्ता लिनेको संख्या ३५० जना रहेका छन् । क्रमशः सबैलाई वडा कार्यालयबाट वितरण गरिने वडाअध्यक्ष भट्टराईले जानकारी दिए । बैकले मुख गुलियो बनाउन भनेर विस्कुट तथा कोरोना संक्रमणबाट बच्न भन्दैं माक्ससमेत वितरण गरेको थियो ।

103598421_277906066789154_3028879162627432067_n 104274851_2945478868833280_1567491329520997965_n 104048609_264373874767842_8172650496040924608_n