• सन्तवीर लामा

धनकुटा     /  जिल्लाको पर्यटकीय गन्तब्यको रुपमा स्थापित जौटार सामुदायिक वन क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गर्ने विषयमा पाख्रिवास नगरपालिका कार्यालय र बन उपभोक्ता समुहका पदाधिकारी विच विवाद् देखिएको छ ।
पाख्रिवास नगरपालिका र धनकुटा नगरपालिकाको संगम स्थलको रुपमा रहेको जौटार सामुदायिक बनमा चालु आर्थिक वर्षमा निर्माण गरिने भनिएको पर्यटकिय पूर्वाधारको विषयमा विवाद देखिएको हो । जौटार साुमदायिक वन उपभोक्ता समुहका सदस्य एवं पदाधिकारीहरुले संस्थाको कार्ययोजना, निर्णय र विधान विपरित पाख्रिवास नगरपालिकाले ठाडो हस्तक्षेप गरेको उपभोक्ताहरुको गुनासो छ ।

जौटार सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बीरवहादुर तितुङले प्रदेश सांसद इन्द्रमणी पराजुलीको भौतिक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत जौटार सामुदायिक वनलाई प्राप्त १० लाख रुपयाँको योजना कार्यान्वयनको चरणमा विवाद भएको बताए । जौटार सामुदायिक वनको नाममा पाख्रिवास नगरपालिका कायार्पलयमा १० लाख वजेट मंसिर–८ गते नै आएको भए पनि वन उपभोक्ता समुहलाई नगरपालिकाले वेवास्ता गरेको उनको भनाई छ । सामुदायिक वनलाई जानकारी नै नदिई नगरपालिकाले उपभोक्ता समितिको ९५ जना वन समुहको सदस्य र १३ सदस्यीय मुल समिति मध्येका एक जना सदस्य दलवहादुर तामाङलाई तानेर उपभोक्ता समिति बनाएको अध्यक्ष तितुङको आरोप छ ।

उपभोक्ता समितिको निर्णय विपरित वन भित्र शौचालय निर्माण 
उनीहरुले जौटार सामुदायिक वन क्षेत्रमा आवश्याक्ता भन्दा वढी नगरपालिकाले ५ वटा शौचालय वनाउने नाममा वजेट सक्ने चलखेल गरेको आरोप समेत लगाएका छन् । उपभोक्ता समितिको ०७६ चैत्र ९ गते वसेको कार्य समितिको वैठकको निर्णय विपरित बन क्षेत्रमा ५ वटा शौचालय निर्माण गर्ने कार्य नगरपालिकाको ठिक नभएको समितिका सचिव फुर्वा तामाङले बताए । उनले नगरपालिकाले वन क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माणको लागी उपभोक्ता समिति वनाउँदा नगरपालिका वा तीन नम्वर वडा कार्यालयले आफुहरुसंँग समन्वय नगरेको वताए ।

आ.व.०७६/०७७ मा विनियोजित १० लाख वजेटले अघिल्लो वर्षको निर्माण कार्य अधुरो रहेको बाल उद्यानमा आधा भाग जस्ता लगाएर हल वनाएर सेमिनार हलको रुपमा प्रयोग गर्ने, बाल उद्यान नजिकै महिला र पुरुषको २ वटा शौचालय निर्माण गर्ने, बालउद्यान भित्र बालबालिकाले खेल्ने पिङ, सिलिपितिली र चाकाचुली लगायतको लागी सामाग्री खरिद गर्ने सामुदायिक वनको कार्य योजना विपरित अनावश्याक ५ वटा शौचालय जर्वजस्ती बनाएर वजेट सकाएको भन्दै. उपभोक्ताहरु रुष्ट भएका हुन् ।
बाँकी पैसाले सामुदायिक वनमा दुम्सी, कालिज, मयुर लगायत विभिन्न प्रजातिका जंगली पंक्षिहरु राख्ने खोर निर्माण गर्ने योजना रहेको पनि अर्का एक सदस्यले वताएका छन् ।

टेरेन नगरपालिकाले 
२०७७ जेष्ठ १२ गते जौटार सामुदायिक वनका अध्यक्ष वीरवहादुर तितुङले आ.व.०७६/०७७ मा विनियोजन भै आएको वजेट र योजनाको विषयमा विषयन्तर भएको थाहा पाएपछि वन समुहको आम भेला डाकेका थिए । आम भेलामा सहभागी ९५ सदस्यीय समुह मध्ये समुहका सदस्य दलवहादुर तामाङ वाहेक ९४ जनाले सामुहिक निर्णय लेखेर विगतको निर्णय र कार्ययोजना अनुसार काम गर्न लिखित रुपमा अनुरोध गरे ।
आमभेलाको निर्णयनुसार शौचालय निर्माण कार्य रोकी पाउँ भनेर पाख्रिवास नगरपालिका कार्यालय र वडा नं.३ को वडा कार्यालयलाई आम भेलाको निर्णय सहित वन समुहको सदस्य प्रेम भण्डारीलाई पत्र पठाएको अध्यक्ष तितुङले बताए । उनले पछिल्लो समय जेष्ठ २२ गते पनि पुनः आम भेला गरेर निर्णय सच्याउन अनुरोध गर्दा समेत सुनवाई नभएको वताएका छन् ।
नगर प्रमुख र ३ नम्वर वडाध्यक्ष्को गैरजिम्मेवार अभिव्यक्ति  
जौटार सामुदायिक बनको आम भेलाको निर्णयसहित शौचालय निर्माण कार्य रोक्न अनुरोध पत्र लिएर गएका सदस्य प्रेम भण्डारीले पाख्रिवास नगरपालिकाका प्रमुख विर्ष वहादुर राईलाई भेट्दा सबै जिम्मेवारी ३ नम्वर वडा कार्यालयलाई दिएको नगर प्रमुखले वताएका थिए । उनी आम भेला सकिए लगत्तै जेष्ठ १२ गते नै नगर प्रमुख र वडाध्यक्षलाई भेट्न पत्र सहित पुगेका थिए । सो कुराको सुनवाई नभएपछि पुनः जेष्ठ २२ गते पुन उपभोक्ता समितिको आम भेला बोलाइएको उनले बताएका छन् ।

यता पाख्रिवास नगरपालिका वडा नं.३ का वडाध्यक्ष सुन्दरलाल तामाङले ५ वटा शौचालयको स्टेमेट वडा कार्यालयले गरेको नभै नगरपालिका कार्यालयले गरेको स्टेमेटको आधारमा निर्माण कार्य भैरहेको बताए । अध्यक्ष तामाङले वडाध्यक्ष हैसियतले अघिल्लो वर्ष निर्माण गरिएको बाल उद्यानमा आधा भाग हल वनाउने प्रस्ताव वडा कार्यालयको रहेको भए पनि नगर प्रमुख राईको ठाडो आदेशमा शौचालय निर्माणको काम भैरहेको बताए । उनले अघिल्लो वर्षमा पनि प्रदेश सरकारको ९ लाख रुपया लगानीमा बाल उद्यान निर्माण गरेर कम्पाउण्ड, गेट, सोलिङ र बाल उद्यानको भित्री काम भएको वताए ।
अध्यक्ष तामाङले यसैमा काम थपेर सेमिनार हल वनाउनको लागी ट्रष्टको छाना हाल्ने भन्ने थियो तर शौचालयको स्टेमेट आएपछि विवादको विच निर्माण कार्य थालिएको वताए । हाल शोचालयको काम धमाधम भैरहेको छ ।

मेयरको निर्देशनमा प्रहरी परिचालन
शौचालय निर्माणको विषयमा विवाद भए पछि प्रहरी समेत नगर प्रमुखको निर्देशनमा परिचालन गरेको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तामाङको आरोप छ । प्रहरीले अनावश्याक रुपमा उपभोक्तहरुलाई धम्क्याउने दुःख दिने गरेको सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरुले वताएका छन् । ”विकास निर्माण जस्तो काम रोक्ने तपाई अध्यक्ष जस्तो मान्छे भएर भन्दै हिले प्रहरी चौकीका इन्चार्ज कुमार ढकालले ०७७ जेष्ठ १२ गते घर फर्कने क्रममा धम्क्याएको अध्यक्ष तामाङको गुनासो छ । उनले नगर प्रमुखको आदेशमा हिले प्रहरी चौकीबाट प्रहरी परिचालन गरिएको दावी समेत गरेका छन् । जौटार सामुदायिक बनमा चरचुरुङ्गी, जंगली जनावार वाहेक कोही पनि नभएको जस्तो व्यावहार नगरपालिकाले गरेको वताउँदै अध्यक्ष तामाङले भने– तेह्र सदस्यीय मुल समिति मध्ये एक जनालाई टिपेर उपभोक्ता समिति वनाउनु कतिको न्यायोचित हो ।

यता हिले प्रहरी चौकीकाका इन्चार्ज कुमार ढकालले पाख्रिवासकका मेयर वृषवहादुर राईले जौटारमा शौचालय निर्माण गर्ने विषयमा विबाद भएको भन्दै जान अनुरोध गरेपछि आफु गएको वताए । उनले जौटार जाँदै गर्दा अध्यक्ष बीर वहादुर तितुङ र सचिव फुर्वा घिसिङलाई बाटोमा भेटेको र विबादको विषयमा जानकारी लिने क्रममा विबाद देखिएको वताए ।