• मदनबाबु प्रसाई

उर्लाबारी / नगरका उपभोक्ताहरुलाई खानेपानी महशुल छुट् गर्न उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई पत्रचार गरेका छन ।

बुधबार उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नाममा नगरपालिकाको चलानी नं.३३९० को नगर प्रमुख खड्ग फागोद्धारा हस्ताक्षर भएको पत्रमा कोभिड–१९ को महामारी तथा लकडाउनबाट प्रभावित बनेका नगरका उपभोक्तालाई विगत २०७६ चैत्र र २०७७ बैशाख महिनाको खानेपानीको निम्नतम महशुल छुट गरेकोमा खानेपानीप्रति आभार प्रकट गर्दै पुन ः उक्त निर्णयलाई २०७७ जेष्ठ र असार महिनामा पनि निरन्तरता दिन अनुरोग गरेकाछन् ।

नगर प्रमुख फागोले लकडाउनबाट आफना नागरिकलाई आर्थिकसहित चौतर्फी क्षेत्रमा प्रत्यक्ष मर्का परेको परिवेशमा खानेपानी महशुलमा थप दुई महिनाको रकम छुट हुदाँ पनि राहत पुग्ने भएकोले खानेपानी कार्यालयलाई छुटको लागि पत्रचार गरिएकोबताए । नगरले खानेपानीसहित बिधुत, पसल गर्ने व्यापारीहरुको घरभाडाका बिषयमा पनि छुट्को लागिअनुरोध गर्ने प्रमुख फागोले जानकारी दिए ।

उता खानेपानी संस्थाका सचिव चिन्तामणी पौडेलले नगरपालिकाबाट महशुल छुटको लागि पत्र आएको बताए । यस बिषयमा संस्थाको बैठकमा छलफल गरी निर्णय गरिने बताए । निम्मतम शुल्कमा उपभोक्ताले १० हजार लिटर पानी उपयोग गर्ने खानेपानीको नियम रहेको सचिव पौडेलले बताएका छन । नगरमा खानेपानीका ४ हजार २४ उपभोक्ता रहेका छन ।

यसरी उर्लाबारी–७ का उपभोक्ता किशोरचन्द्र राईले उपभोक्तालाई नगरपालिका र खानेपानीले गरेको महशुल छुट्को निर्णय स्वागत योग्य भएको बताए । लकडाउनबाट प्रभावित बनेका नागरिकहरुको लागि लकडाउन अवधीभर खानेपानी, विधुत महशुल छुटसहितका अन्य निर्णय भएका राहत प्याकेजलाई पनि कार्यन्ययन गर्न आवश्यक भएको बताएका छन ।