सुनसरी / विश्व स्वास्थ्य संगठन (डल्वुएचओ) ले कोभिड १९ भाइसरको विना लक्षण (एसिम्टोमेटिक) को संक्रमित विरामीबाट दोश्रो व्यक्तिलाई विरलै सर्नें जनाएको छ । डव्लुएचओकाअनुसार यसअघि पाएको तथ्याङ्कको आधारमा लक्षण विहिन कोरोना संक्रमतिबाट अरुलाई कमै संक्रमित हुने गरेको छ । पछिल्लो केही समययता शोधकर्ताहरुले एसिम्टोमेटिक विरामीप्रति शंका व्यक्त गदैै आएका छन् । कोरोनाको एसिम्टोमेटिक विमारीको उपचारमा चिन्ता व्यक्त गरको थियो ।

महामारीको प्रारम्भमा कोरोना भाइसर संक्रमितबाट अर्को व्यक्तिमा सर्ने गरेको प्रमाण प्राप्त भएको थियो । भलै ती संक्रमितमा लक्षण देखियोस वा नदेखियोस ।

डल्लुएचओका महामारी विषेशज्ञ डा मारियो वेनकाअनुसार एसिम्टोमेटिक विरामीबाट पनि कोरोनाको संक्रमण सर्न सक्छ तर विश्वव्यापीरुपमा जुन मात्रामा महामारी बढीरहेको छ त्यसको कारक तत्व कोरोनाको लक्षण विनाका संक्रमित होइनन् । उनले भनिन्, ‘खासगरी युवा र दोश्रो स्वास्थ्य व्यक्तिमा कोरोना संक्रमणको लक्षण देखिदैन या सामान्य मात्र हुन्छ ।’ डा मारियाले डव्लुएचओमा नर्सिङहोम, अस्पताल या घरमा एसिम्टोमेटिक विरामीबाट कोरोना संक्रमण फैलिएको रिपोर्ट आएको उल्लेख गर्दैै भनिन्, ‘यसको सटिक जवाफ जान्नकालागि कोरोनाको एसिम्टोमेटिक विरामी पहिचान गरेर थप अनुसन्धान गर्नु जरुरी छ । र, कोरोनाको एसिम्टोमेटिक विरामीको सम्पर्कमा आएका व्यक्तिहरुमाथि निगरानी राखेर हेर्नु पर्छ ।’

उनले डव्लुएचओले कोरोना भाइरसबाट विरामी भएकाको लक्षणमा आधारित संक्रमतिहरुमा आफ्नो लक्ष केन्द्रित गरेको बताइन् । उनकाअनुसार लक्षण देखिएका कोरोनाका विरामी, आइसोलेशन र क्वारेन्टाइनमा बसेकाप्रति कडा निगरानी राख्न सकेमा कोभिड १९ को महमारीलाई नियन्त्रण गरेर मृत्युदरलाई तिव्रगतिमा घटाउन सकिन्छ ।

नेपालमा अधिकांस कोरोना संक्रमित लक्षण विनाका देखिएका छन् । लक्षण विनाका कोरोना संक्रमितको सम्पर्कमा आएका कतिपयको पिसिआर जांच गर्दा कोरोना संक्रमण नभएको पाइएको छ ।