धरान  /  कोरोना भाइरसको त्रासका कारण लकडाउनले समस्यामा परेका सञ्चार माध्यमलाई प्रदेश सरकारले दिएको कोरोना सचेतना सन्देश वापतको विज्ञानको विषयमा सदनमा विरोधभएको विषयमा पेसागत संगठनहरुले आपति जनाएका छन् ।
पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ प्रदेश १, प्रेस संगठन नेपाल प्रदेश १ लगायतले विज्ञप्ति जारी गरि आपति जनाउका हुान ।
स्वरोजगारमूलक सञ्चार माध्यमलाई प्रदेश सरकारले कोरोना महामारीबाट उत्पन्न संकटको अवस्थामा सन्देशमुलक सूचना दिएको थियो । उक्त सूचना नेपाल पत्रकार महासंघ प्रदेश १मार्फत वितरण गरिएको थियो ।

मंगलबार नेपाल पत्रकार महासंघ १ नं। प्रदेश समितिले एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले कोरोना जनसुरक्षा कोषको कार्यबिधि अनुसार कोरोना विरुद्ध सचेतना फैलाउने सन्देश महासंघमार्फत प्रदेशका सञ्चार माध्यमलाई उपलब्ध गराएको बताउदैं उक्त प्रदेश सरकारको कामलाई भ्रम फैलाएकोकोमा विरोध जनाएको छ । महासंघका अध्यक्ष बिक्रम लुईटेल र महासचिब विवेक गौतमद्वारा जारी विज्ञप्तिमा अहिलेसम्म ११६ सञ्चार माध्यमले सो रकम प्राप्त गरेको र अन्य प्रक्रियामा रहेको स्पष्ट पार्दै तोकिएको मापदण्ड अनुसार पारदर्शी रुपमा उक्त सन्देशवापतको रकम वितरण गरेको जनाइएको छ ।
यस्तै प्रेस संगठनका संयोजक राजन केडी र सहसंयोजक गणेश पोखरेलले पनि विज्ञप्ति जारी गरि आपति जनाएका छन् ।
उनीहरुले विज्ञप्ति जारी गर्दै संकटको बेलामा अग्रपंक्तिमा खटिएर सूचना प्रबाह गरिरहेका नेपाली सञ्चार माध्यमप्रति गलत आरोप लगाउने नेपाली काँग्रेसको संस्थागत धारणा सार्वजनिक गर्नसमेत माग गरेका छन् ।

विज्ञप्तिमा प्रदेश सरकारले कोरोना सचेतना सन्देश फैलाएवापत दिएको रकम जायज भएको दावीसहित थप राहतको व्यवस्था गर्न माग गरिएको छ । नेपाली काँग्रेसका सचेतक कार्कीले अनावश्यक रुपमा यो विषयलाई अतिरञ्जित बनाएर सदनमा बोलेको विषयमा उनीहरुले आपति जनाउका छन् ।
उनीहरुले लकडाउनका कारण संकटमा परि बन्द भएकामिडियाहाउस र ती मिडियामा काम गर्ने हाल बेपलवी विदामा रहेका पत्रकाहरको विषयमा राजनीतिक दलहरुको धारणासमेत माग गरेका छन् ।