धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ सह–प्रवक्ता नियुक्त भएका छन् ।

यसअघि डा. अशोक ऐर सह–प्रवक्ताका रूपमा कार्यरत थिए । उनको कार्यकाल समाप्त भएसँगै नयाँ सह–प्रवक्ता नियुक्त भएका हुन् । नयाँ सहप्रवक्तामा डा. आशिष श्रेष्ठ नियुक्त भएको प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । श्रेष्ठ दन्त चिकित्सा विभाग अन्तर्गत ओरल प्याथोलोजी विभागमा कार्यरत छन् ।

डा. ऐरले पुगनपुग ३ वर्ष सह–प्रवक्ताको रूपमा कार्यरत रहेका थिए । श्रेष्ठ धरान–१३ बासी हुन् । प्रवक्ताको कार्यकाल २ वर्षसम्म हुन्छ । यसअघि प्रवक्ता हाडजोर्नी विभागका डा. पशुपति चौधरी रहेका थिए । उनको कार्यकाल समाप्त भएपछि लामो अवधिसम्म प्रवक्ता नियुक्त भएका थिएनन् । नयाँ उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरी नियुक्त भएपछि डा. निदेश सापकोटालाई नियुक्त गरेका थिए । सापकोटा मानसिक रोग विभागमा कार्यरत छन् ।