धरान  / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदिपकुमार भण्डारीले  इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ईद उल फितरको अवसरमा शुभकामना दिएका छन् । 

आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन् । 

यसै गरि सभामुख प्रदिपकुमार भण्डारीले पनि सोमबार एक सन्देश मार्फत शुभकामना व्यक्त गरेका छन् । 
विश्वभर फैलिएको कोरोना भाइरस(कोभिड—१९) का कारण यी चाडपर्व खुला र भव्य रुपमा आयोजना गरी मनाउन सम्भव नभएकाले घरमै बसेर सुरक्षित हिसावले पर्व मनाउन भण्डारीले अपिलसमेत गरेका छन् । 


उनले  नेपाललगायत विश्वका विभिन्न मुलुकमा रहेका इस्लाम धर्मावलम्बीहरुले मनाउने ईद उल फितर चाडको पनि आफ्नो छुट्टै पहिचान, मौलिकता र विशिष्टता रहेको बताएका छ्न । यो संकटका बेला सजक भएर आफ्नो चाढ मनाउन मुख्यमन्त्री राई र सभामुख भण्डारीले आग्रहसमेत गरेका छन् ।