धरान / यति बेला राष्ट्रियताको मुद्वा उठेको छ । कालापानी लिपुलेकलगायतका भूभाग भारतले मिचेको विषयको निकै चर्चा छ । यो भूगोल भारतले केपी ओलीको सरकार बने पछि लुटेको पक्कै होइन् । नेपाली भूभागमा भारतीय सरकारले सडक बनाएर उद्घाटन गरे पछि सिमा मिचेको विषयमा आवाज उठेको छ । 

भारतले झण्डै ३६४ वर्गकिलोमिटर भूभाग मिचेको पाइए पछि केही राष्ट्रवादीहरुले खरो रुपमा आवाज उठाउदैं आएका छन् । इतिहासमै भारत विरुद्ध अडान लिएर नक्सा परिर्वतन गर्न हिम्मत गर्ने प्रधानमन्त्री केपी शर्मा ओली चर्चामा छन् । २०७२ को नेपालको संविधान जारी गरे पछि भारतले आफु अनुकुलको संविधान बनेन भनेर  नाकाबन्दी गर्दा अडान लिएर चर्चामा आएका ओलीले यो पकट पनि आफ्नो पद दाउमा राखेर नेपालको नक्सा परिवर्तन गर्ने हिम्मत गरे  । हिजो मात्र निशान चिन्ह छाप नयाँ नक्सासहितको बनाउन संविधान संशोधन गर्न मन्त्रीपरिषद्ले निर्णय नै गरेको छ ।   

खोसिएको देशको माटो फिर्ता ल्याउने सरकारको निर्णय देखेर सबै नेपाली उत्साही भएका छन् । सरकारको यो कदमसँगै विश्व मानचित्रमा नेपालको भूभाग ३६४ वर्गकिलोमिटर थपिएको छ । गुगल, वीकिपिडियालेसमेत नेपालको क्षेत्रफल सच्चाएको छ । कालापानी नेपालकै हो भन्ने सन् १८१६ को सुगौली सन्धीले बोकेको त छदैं छ, यता गुगल, वीकिपिडियालेसमेत नेपालको क्षेत्रफल सच्चाएर भारतलाई उसको नक्सा सच्चाउन नैतिक दवाव परेको छ । 

प्रतिपक्षको साथ
भारतीय मिडियाले अफवाह फैलाइरहेको बेला प्रतिपक्ष नेता  मिनेन्द्र रिजालले भारतीय मिडियाहरुलाई दरिलो झापड दिएर आफ्नो देशभक्ति दर्शाएका छन् । उनले भनेका छन्–‘म प्रतिपक्षमा छु । तर प्रतिपक्षमा भए पनि राष्ट्रियताको विषयमा प्रधानमन्त्री केपी ओलीका साथमा छु ।’ भनेर मिडियामा राष्ट्रियताको विषयमा उनले दिएको अभिव्यक्तिले चर्चा पाएको छ ।  

कलाकार मनिषा कोइरालाको सन्देश
भारतीय सिनेजगतबाट विश्वमा नाम कमाएकी नेपाली छोरी मनिषा कोइरालाले भारतको पक्षमा बोल्छिन् भनेर भारतीय मिडियाहरुले आशा गरेका थिए । भारतीय मिडियाहरुले उनलाई पच्छाए पनि तर राष्ट्रियताको विषयमा उनले दिएको अभिव्यक्तिले भारतीय मिडिया निराश भए ।  लिम्पियाधुरा कालापानी नेपालको हो भन्ने कुरा संसारलाई सुनाई दिइन । आफुलाई सच्चा नेपालीको कोटीमा जोडेर उनी चर्चामा आइन । कतिपयले उनलाई आगामी निर्वाचन पछिको सरकारमा परराष्ट्रमन्त्री बनाउन मागसमेत गरे । उनले लामो समय भारतीय ‘नुन’ खाएकी थिइन । तर ‘नुन खाए पछि गुनगान नै गाउन पर्छ भन्ने छैन्’ भन्ने सन्देश दिइन । उनको एउटै ट्विटले नेपाल आमाको अस्मिता जोगाउन अमुल्य काम गरेको आम नेपालीले महसुस गरेका छन् ।

रवि लामिछानेको सिमाविद्सँगको छलफल
भारतीय मिडियाले नेपालको हुर्मत लिइरहेका छन् । भारतीय मिडिया जहिल्यै सरकारको पक्षमा वकालत गर्छन । यति बेला चीनको उक्साहटमा नेपाली नयाँ नक्सा फेरेको भनेर भारतीय मिडियामा कोकोहोलो गरिरहेका छन् । यता नेपाली मिडियाहरुले मौनता साधेको भन्ने आरोप पनि लाग्दैं आएको बेला सञ्चारकर्मी रवि लामिछानेले दुवै देशका सिमा सम्वन्धि जानकारहरुलाई बोलाएर प्रत्यक्ष सम्बाद गराएर भारतको हेपाहा प्रवृतिको उजागार गरेका छन् । राष्ट्रियताको मुद्दामा उनले आफ्नो मिडिया मार्फत काम गरिहेका छन् । 

रमेश प्रसाईंको साहस
प्रखर युवा वक्ता रमेश प्रसाईले विगतमा सरकार तथा केपी ओलीको विरोधका लागि निकै समय खर्चिन्थ्र्ये । केपी ओलीलाई गाली गरेको उनको निकै भिडियोहरु छन् । तर केपी ओलीले राष्ट्रियताको विषयमा अडान लिएर यस पटक गरेको निर्णयको खुलेर समर्थन गरेका छन् । ओली सरकारलाई धन्यवाद दिदैं  भिडियो मार्फत, विश्वले बुझ्ने भाषामा बोलेका छन् । उनले भारतीय शासकको मुटु थर्काउने गरी दिएको प्रस्तुतीले उनी चर्चामा छन् । उनको प्रमाणसहितको तर्कले भारतलाई पनि दवाव परेको छ । 

बुद्धिनारायण श्रेष्ठको त्यो बेलाको नक्सा 
नकिै समय अगाडी चीन, बेलायत र अमेरिकाका लाइब्रेरीबाट ऐतिहासिक नक्सा संकलन गरेपछि बुद्धिनारायण श्रेष्ठले लिम्पियाधुरासमेत समेटिएकोे नक्सा कोरेर किताबमा प्रकाशित गरेका थिए । बुद्धिनारायणले ‘चुच्चे नक्सा’ देखाउँदा कतिपय नेता हँसिमजाक गर्थे, तर अहिले त्यही नक्सा देशको आधिकारिक मानचित्र बन्दा उनले त्यो बेला प्रकाशित गरेको नक्सा चर्चामा छ । 

सीमाविद् बुद्धिनारायण श्रेष्ठले यथेष्ठ प्रमाण, आधारसहितको नक्सा कार्यन्वयनका लागि राष्ट्रिय अस्मिताको यति संवेदनशील विषयलाई राजनीतिक दाउपेच नठानी गम्भीर भएर भारतलाई वार्तामा आउन सहजिकरण गनुृ पर्छ र तथ्यका आधारमा आधारमा भूगोल फिर्ता ल्याउनु पर्ने उनको तर्कले यति बेला खुव चर्चा पाएको छ । 

भारतीय सीमा अतिक्रमणविरुद्ध जनता जगाउँदै उनी मेची–काली हिँडे, कालापानी के हो भन्ने नेता र कर्मचारीलाई प्रशिक्षित गर्न जुटे । नेपालको दाबी बलियो बनाउन नक्सा खोज्दै चीन, बेलायत र अमेरिका पुगे । अन्ततः महाकाली शिर लिम्पियाधुरा समेटेर नेपाल सरकारले नयाँ नक्सा सार्वजनिक गरेपछि सीमाविद् बुद्धिनारायण श्रेष्ठको मनमा खुसी छाएको छ ।

सिमा रक्षाका लागि एक्लै लड्ने गोपाल त्यागी
कोशी सम्झौता पछि  तत्कालि सप्तरी जिल्लामा पर्ने वीरपुर, भीमनगरलगात दर्जनौ गाउँ भारतले कब्जा जमाएको प्रति निराश बनेका  पूर्व भू–आर्जन कार्यालयका अधिकृत गोपाल कोइराला त्यागी केपी ओलीको राष्ट्रियतको अडानलाई  सलाम गरेका छन् । उनले  
उनले सोइल कन्जरभेसन म्यानेजमेन्ट तथा तालिम केन्द्र भनेर सुनसरीको बराहक्षेत्र नगरपालिकाको चतरामा ३४० विगाहा जग्गा कव्जा गरेर बसेको थियो । १५ बर्षका लागि भनेर लिजमा लिएको जमिन  २६ बर्ष वित्दा पनि नेपाललाई फिर्ता गरेको थिएन । कोइराला कोशी योजनामा आए पछि उनले पत्र काटेर जग्गा फिर्ता गर्न दवाव दिएका थिए । उनको दवावले भारतले छाडेको थियो । उनको सिमा रक्षा अभियानमा यो सरकारको साथ सार्थक भएको उनी बताउछन् ।