धरान / सरकारले नेपालको नयाँ नक्सा आज सार्वजनिक गरेको छ । भूमि व्यवस्थमन्त्री पदमा अर्यालले बुधबार पत्रकार सम्मेलन गरेर नयाँ नक्शा सार्वजनिक गरेकी छन् ।
नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ । नयाँ नक्सा अनुसार नेपालको क्षेत्रफल १ लाख ४७ हजार ५४५ वर्गकिलोमिटर हुने छ । यस अघि १ लाख ४७ हजार १८१ वर्गमिलोमिटर थियो ।