ब्लाष्टखबर । प्रदेश १ का ८ वटा जिल्लालाई काेराेना संक्रमणकाे अति जाेखिम जिल्लाका रूपमा राख्ने तैयारी भरएकाे छ । लकडाउनकाे मिति सकिनै लाग्दा संक्रमण भित्रिने सम्भावना रहेका जिल्लामा लकडाउन लम्व्याउ र अन्न जिल्लाहरूमा खुकुले पार्ने गरी सरकारले नेपालका ७७ जिल्लाहरुलाई ४ क्षेत्रमा गरेकाे वर्गिकरणमा देशका १४ जिल्लालाई  संक्रमण भित्रिने सम्भावना रहेका जिल्लामा वर्गीकरण गर्ने भएकाे हाे । जसमा प्रदेश १ का मात्रै ८ वटा जिल्लालाई काेराेना संक्रमणकाे भित्रिने सम्भावना रहेका जिल्लाका रूपमा वर्गिकरण गरिने तैयारी भएकाे छ ।

सरकारले गरेकाे वर्गिकरणमा देशका विभिन्न जिल्लाहरूलाई ४ तहमा विभाजन गरेकाे छ जसमा उच्च जाेखीम रहकाे जिल्लाहरूलाई रेड जोन, आंशिक जोखिम मानिएका जिल्लाहरूलाई  यल्लो जोन, न्यून जोखिम मानिएका जिल्लाहरूलाई  ग्रीन जोन र  संक्रमित भेटिएका जिल्लाहरूलाई ब्ल्याक जोनका रूपमा विभाजन गनर्ने भएकाे  हाे ।  साेहि अनुरूप उच्च जाेखीम रहेकाे जिल्लाहरूमा थप १५ दिन लकडाउन गर्ने र अन्यमा अवश्कता अनुसार खुकुलाे पार्ने सक्ने बताइएकाे छ  ।

जस अन्तरगत प्रदेश १ का काेराेना संक्रमित भेटिएका ३ वटा जिल्लाहरू भोजपुर, झापा,उदयपुरका साथै काेराेना संक्रमित नभेटिएका सुनसरी, मोरङ,  इलाम, ताप्लेजुङ, तेह्रथुम गरी ५ वटा जिल्लाहरूलाई  संक्रमण भित्रिने सम्भावना रहेका जिल्लाका रूपमा रेड जाेनमा राखेकाे छ ।

यी जिल्ला बाहेक धनकुटा, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा एल्लो जोन अर्थात् आंशिक जोखिममा राखेको छ भने सोलुखुम्बु ग्रीन जोन अर्थात् न्यून जोखिममा राखिएकाे छ ।

सम्भावित क्षेत्रहरूकाे खाका तयार पारीदै  गरेकाेले उक्त वर्गिकृत जाेनहरू घाेषण नभइ सकेकाे र छलफलकाे क्रममा रहकाे स्वास्थ्य समन्वय महाशाखाका प्रमुख तथा स्वास्थ्य तथा जनसंख्या मंत्रालय प्रवक्ता डा.बिकास देवकोटा बताएका छन् ।