धरान । वैदेशिक रोजगारीका लागि कुवेत पुगेका नेपालीहरूमध्ये ८४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
कुवेतस्थित नेपाली दूतावासका अनुसार पछिल्लो तथ्याङ्क अनुसार ९ जना थप कोरोना संक्रमित भएको पुष्टि भएसँगै यो संख्या ८४ पुगेको हो । दूतावासले सूचना जारी गर्दै कुवेतमा ८४ जना नेपालीमा कोरोना संक्रमण भएको जनाएको हो । नेपालीसहित त्यहाा ४ हजार ९ सय ८३ जनामा कोरोना संक्रमण भएको छ ।