मेषः दैनिक कार्यमा प्रगती हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन्, तर मानशीक चिन्ता भने बढ्नेछ ।

बृषः धुम्रपान र मद्यपानबाट टाडै रहनु होला । गरेको कार्यमा बाधा आउनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

मिथुनः कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको योजना बन्ला ।

कर्कटः आज चिन्ता छाडेर चिन्तन र कर्म गर्नाले राम्रो फल मिल्नेछ । रोकिएका अधुरा कामहररू पुरा हुनेछन् । बोलीको प्रभाब बढ्नेछ ।

सिंहः आज आँटेको कार्य अगाडी बढ्ला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । व्यापारमा भने सफलता नमिल्ला ।

कन्याः वाणीमा लगाम लगाउनु पर्ला नत्र झुटोबोल्न बाध्य भईनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । छटपटी बढ्नाले मनपनि कमजोर रहला ।

तुलाः आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । चुनौतीको सामनापनि गर्नुपर्ला, तर प्रयत्न गरे कार्यबाट फाइदा लिन सकिनेछ ।

बृश्चिकः आज स्वादिष्ट भोजन पाईनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । सामाजिक हितको काम अघी बढ्ला । कुटुम्बको सहयोगपनि मिल्नेछ ।

धनुः राजनीतिक क्षेत्रको काम अघी बढ्नेछ । नयाँ कर्यको योजनले गति पाउनेछ । शुभ कार्यको चर्चा चलनेछ । परिकारहरू खान पाईनेछ ।

मकरः आर्थिक कारोवारमा बिवाद आउनेछ । चोटपटकको भय र सामान्य स्वास्थ्यमा समस्या आउला अत: स्वास्थ्य प्रति सजक रहनु होला ।

कुम्भः नयाँ कार्यको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

मीनः विशिष्टव्यक्तिको सहयोग पाईनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । पार्टनसीपको कार्यमा सफलता मिल्नेछ । दैनिकी विस्तारै सहज होला ।

स्राेतः ज्यो.प. नारायणप्रसाद दुलाल/हाम्राे पात्राे