कालाबञ्जार । वराहक्षेत्र नगरपालिकास्थित नगर अस्पतालले नागरिकलाई प्रवाह गर्ने सेवाका लागि सूचना प्रवाह गरेको छ ।

कोरोना महामारीका कारण देश लकडाउनमा रहेका बेला नगर अस्पतालले सर्वसाधारणका लागि नगर अस्पतालले दिने सेवाबारे सूचनामार्फत् जानकारी गराएको हो । नगर अस्पतालका व्यवस्थापक डाक्टर अनिल गिरीका अनुसार आकस्मिक, ज्वरो क्लिनिक, आकस्मिक ल्याब, एक्सरे, नियमित औषधि वितरणका सेवा प्रवाहका लागि सूचना जारी गरिएको हो ।

महामारीमा बेला रोग फैलिन नदिनका सर्वसाधारणका लागि अस्पतालले निश्चित समय तोकेर सूचना प्रवाह गरेको छ । विशेष गरी प्रशुतिका लागि आउने गर्भवती महिलालाई लक्षित गर्दै भिडियो एक्सरे सेवाको सूचना प्रवाह गरेको छ । आइतबार, बुधबार र शुक्रबार गरी सातामा तीन पटक सेवा प्रवाह गरिने भएको हो । डा. गिरीका अनुसार ती दिनहरूमा १० बजेदेखि २ बजेसम्म सेवा दिइने भएको छ । एएनसी ल्याब परीक्षण सेवा, रगत तथा पिसाब जाँचका लागि पनि सोही समय छुट्याइएको छ ।

barahachhetara_clinic_time_information