धरान / सरकारले लकडाउनको घोषणा गरेको छ । सबैलाई घरमा बस्न आग्रह गरिएको छ । शहरका होटल रेस्टुरेन्ट बन्द छन् । साना छाप्रिहरु पनि खुलेका छैनन् ।
तर सरकारले लकडाउन घोषणा गरेर घरभित्रै बस्न आदेश दिएको बेला घर परिवारका सदस्यहरु विमारी परेर घरमा बसन नपाउनेहरु पनि छन् । उनीहरुको यति बेला असपतालमा बास छ ।
भयसँगैउनीहरको भोको पेट छ । कारण उनीहरुको घर टाडा छ । शहर सुनसान छ, मानौकी यो मानवविहीन बस्ती । शहरमा उनीहरु अलपत्र परेका छन् । सबभन्दा बढि उनीहरुलाई भोको पेटले सताइरहेको छ ।
उनीहरुको समस्यालाई बुझेर धरानमा वीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विमारी उपचार गराउदैं गरेका विमारी कुरुवाहरुलाई धरान–१८ का वडा अध्यक्ष नरेन्द्रकुमार(प्रविण)को सक्रियतामा खाना खुवाउन थालिएको ।
अस्पताल वरपरका होटेलहरू पनि बन्द हुँदा कुरुवाहरू भोकै बस्नुपरेको खबर सुनेपछि अध्यक्ष राईले खानाको प्रबन्ध गर्न थालेका हुन् । अहिले दैनिक चार सयजनालाई खाना खुवाउँदै आएको उनले बताए । स्थानीय औषधि व्यवसायी र समाजसेवीहरूले पनि सहयोग गरिरहेको उनले बताए । स्थानीय चन्द्र गुरुङले आफ्नो जन्मदिनको अवसरमा दुई दिन खाना खुवाएका छन् । औषधि व्यवसायी संघ इकाइ इटहरीका अध्यक्ष नवीन गौतमले पनि एक दिन खुवाएको अध्यक्ष राईले बताए ।
प्रतिष्ठानकै डा. योजन त्रिखत्रीले उनीहरुको समस्यालाई बुझेर शनिवार खाना खुवाएको धरान–१८ की वडा सदस्य जमुना त्रिखत्रीले जानकारी दिइन । उनीहरुलाई दाताहरुको सहयोगमा दैनिक विहान बेलुका खाना खुवाइरहेको छ । योजनको जस्तैअन्य चिकित्सकहरुले पनि सहयोग गर्न आव्हान गरिएको छ ।
वडा कार्यालय परिसरमा तीनजना कुक नै राखेर पकाएको खाना गाडीमा राखेर अस्पतालको गेटसम्म पु¥याउने गरिएको छ ।
प्रतिष्ठानमा दैनिक ३ / ४ सय विमारीहरु छन् ।