धरान । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुन मन्त्री  हिक्मत कार्की र सामाजिक विकास मन्त्री जीवन घिमिरे जाेखिम क्षेत्रकाे निरीक्षणका लागि निस्केका छन् ।

आज साढे ११ बजे नेपाली सेनाकाे हेलिकप्टरबाट  भाेजपुरकाे हतुवागडी गएका हुन । भाेजपुर मुख्य मन्त्रीकाे गृह जिल्ला पनि हाे । जहाँ एक जना काेराेना संक्रमित भेटिएकाे छ ।  त्यहाँकाे स्थानीय तहले बनाएकाे क्वारेन्टाइन निरीक्षण तथा संक्रमण राेकथामका लागि भएकाे पहलकाे जानकारी लिएर   मन्त्रीहरू हतुवागडीबाट उदयपुरकाे बेलश्रोत, कटारी अवस्थित प्रदेश सरकारले स्थापना गरेको क्वारेन्टाइन स्थल पुगि कोरोना प्रभावित त्रिनपा ३, भुल्के पुग्ने कार्यक्रम रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय,कार्यक्रम संयाजक रवि  खनालले जानकारी दिए ।

सबै भन्दा बढि प्रभावित क्षेत्रकाे अनुगमन पछि विराटनगर फर्किने कार्यक्रम रहेकाे छ ।