झापा । झापाको अर्जुनधारा–९ स्थित प्राथमिक स्वास्थ्य केन्द्रले २४ सै घण्टा स्वास्थ्य सेवा सञ्चालन गरेका छ ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण देश लकडाउनमा रहेपछि स्वास्थ्य केन्द्रले जस्तोसुकै बिरामीलाई इमर्जेन्सी सेवा मार्फत उपचार गराउँदै आएको जनाएको छ ।

नीजि अस्पतालले विरामीलाई सेवा दिन आलटाल गरे पनि केन्द्रले बिरामीको स्वास्थ्यलाई ख्यालमा राखेर उपचार गराउँदै आएको केन्द्रका सीअहेव अधिकृत डम्बरवल्लव मिश्रले जानकारी दिए । चैत्र महिनामा ओपिडिबाट एकहजार ५ सय ६, स्वास्थ्य बिमा नभएका ५ सय २ र इमर्जेन्सीबाट २ हजार एकसय ८५ जना गरी ४ हजार एकसय ९३ जनालाई सेवा दिएको उनले बताए ।

‘स्वास्थ्य विमा गर्नेलाई प्रत्येक वडामा रहेका स्वास्थ्य चौकीबाट औषधि वितरण गर्ने व्यवस्था मिलाइएको छ’ अधिकृत मिश्रले भने ‘ दैनिक दुई सय बढिलाई स्वास्थ्य सेवा दिेने गरेका छौ ।’
झापाका अन्य स्वास्थ्य केन्द्रले १० देखि २ बजेसम्म मात्र स्वास्थ्य सेवा दिने गरे पनि केन्द्रले २४ सै घण्टा सेवा दिएको उनले बताए ।

केन्द्रमा प्रेसर, सुगर ज्वरो, रुगामक्री, दुर्घटना र दीर्घरोगीहरु ऋाउने गरेका छन् । डाक्टर, नर्स, ल्याव, तथा कर्मचारी गरी ३६ जना कार्यरत मध्ये २२ जना करारमा रहेको अधिकृत मिश्रले जानकारी दिए । केन्द्रमा इलामको सूर्योदय, माई नगरपालिका र रोङ गाउँपालिकाको तल्लो भागका तथा अर्जुनधारा, बिर्तामोड नगरपालिका र बुद्धशान्ति गाउँपालिकाबाट बिरामी आउने गरेको केन्द्रले जनाएको छ ।