धरान । कोरोनाभाइरसको महामारीविरुद्ध विश्व लडिरहेका बेला दादुराको प्रकोप बढ्न सक्ने युनिसेफले चेतावनी दिएको छ ।
कोभिड–१९ का कारण दादुराको खोप प्रभावित भइरहेको छ । नेपालसहित विश्वका विभिन्न देशमा दिइँदै आएको यो खोप अहिले समयमा दिन सकिएको छैन । जसका कारण दादुराको प्रकोप बढ्न सक्ने युनिसेफले चेतावनी दिएको छ । युनिसेफका अनुसार विश्वका ३७ देशका ११ करोड ७० लाख बालबालिकाहरू दादुराको खोपबाट टाढा भइरहेका छन् । कोरोनाभाइरसका कारण अहिले दादुराविरुद्धको खोप लगाउन २४ देशमा ढिला भइसकेको युनिसेफले जनाएको छ ।
युनिसेफले स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षा सतर्कता अपनाउनका लागि आग्रह गरेको छ । अहिले कोभिड–१९ को जोखिमभन्दा बढी जोखिम हुन सक्ने चेतावनी दिएको छ ।