विसं २०७७ वैशाख १। सोमवार। इस। २०२० अप्रिल १३। नेसं  ११४० चौलागा। वैशाख कृष्णपक्ष। षष्ठी, २१:५२ उप्रान्त सप्तमी।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)

मेष राशिका जातकका लागि समग्रमा २०७७ साल शुभफलदायी नै रहनेछ । बृहस्पतिको प्रभाव वर्षभरी कर्म स्थान र आय स्थानमा बस्ने हुँदा मनोवांछित शुभफल प्राप्त हुनेछ । आँटेको र गरेको कार्यबाट सफलता मिल्नेछ । आर्थिक र वैदेशिक क्षेत्रपनि सबल हुनेछ । शनि ग्रहले पनि शुभ फलनै दिनेछ, अतस् समग्रमा यो वर्ष राम्रो छ ।
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
वृष राशि भएका व्याक्तिहरू का लागि २०७७ साल मिश्रित फलदायी रहनेछ । बृहस्पति र शनिको प्रभावले वर्ष भरिनै आफ्नो अनुकूलताको फल मिल्नेछ । तर शनि कमजोर हुने हरूलाई श्रावण २१ देखि मंसिर १ गते सम्म अढैयाशनिको प्रभावले नराम्रा एवं दुखद् समचार सुनिने, गरेको कार्यमा ढिलासुस्ती र चोटपटकको भए रहनेछ यदि जन्म कुण्डलिमा शनि उच्च तथा स्वगृह, मित्रगृह तथा ३,६,११औं भावमा भए शुभफल मिल्ने निश्चित छ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)
मिथुन राशि हुनेहरूको लागि यो वर्ष सामान्य नै रहनेछ । वर्षको सुरुमा र अन्त्यमा केही कठीन परिस्थितिको सामना गर्नुपरेपनि मध्यभागमा रोकिएका अधूरा कार्यले पूर्णता पाउनेछ । घर परिवरमा मांगलिक कार्यको आयोजना हुनेछ । तपाईंको राशिबाट बृहस्पति अष्टम भावमा रहनाले विद्या र बुद्धिको नाश हुनुका साथै ऋण, रोग र कर्म क्षेत्रपनि निर्बल रहनेछ । श्रावण २१ गते सम्म र मंसिर १ गतेपछि अढैयाशनिको प्रभावले नराम्रा समचार सुन्नमा आउन सक्छ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
कर्कट राशी हुनेहरूका लागि यो वर्ष सामान्य नै हुने देखिन्छ । यो वर्षको प्रारम्भमा सप्तम भवमा बृहस्पतिले गोचर गर्नेछ, उक्त समयमा मांगलिक कार्य र शुभाफल प्रदान गर्नेछ । आँटेको र ताकेको काम पूरा हुनेछ, तर शनि कमजोर हुनेहरू लाई भने उतार चडाव हुनेछ, वादविवाद र अन्तिम समयमा काम नबन्न सक्छ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)

सिंह राशी हुनेहरू कालागि २०७७ सालमा वर्षको अधिकांश समय वृहस्पति पंचम भावमा रहने हुँदा इच्छा र आकांक्षाहरू पूरा हुनेछ । राहुलेपनि राम्रै फल दिनेछ, समाजमा ईज्जत तथा प्रतिष्ठा बढेर जानेछ । शनिले भने विदेशमा रहनेहरूको लागि प्रगति नै गराउनेछ । देश विदेश, सामाजिक तथा धार्मिक यात्राहरू हुनेछन् । घर परिवारमा मंगल कार्यको अवसर जुर्नेछ, तर वर्षको उत्तरार्धमा अग्नि र चोरको भय भने रहिरहनेछ ।
कन्या (,प,पी,पू,ष,ण,ठ,पे,पो)
कन्या राशीका जातकहरूका लागि यो वर्ष मध्यम नै रहनेछ । शत्रु पक्ष सबल हुनेछन् र नजीकका व्यक्तिसंग वादविवाद तथा दूरी बढ्न सक्छ, तर आर्थिक पक्ष भने सबल रहनेछ । वर्षको उत्तरार्धबाट मानसिक चिन्ता बढाउने र मनमा अनेकौं तर्क र खुलदुली उत्पन्न हुनेछ । तर शनि कमजोर भएका व्यक्तीलाई श्रावण २१ देखि मंसिर १ गते सम्म अढैयाशनिको प्रभावले नराम्रा एवं दुखद् समचार सुन्नमा आउन सक्छ ।
तुला (रा,रि,रु,रे,रो,ता,ती,तु,ते)
तुला राशिलाई यो वर्ष सामान्य नै हुने देखिन्छ । न्यायीक कार्यमा सफलता मिल्नेछ भने, तर पैतृक सम्पत्तीमा बिवाद भने बढ्नेछ । धेरै मेहनेत गरेर थोरै प्रतिफल पाउन सकिन्छ तर वैदेशिक कार्य भने सफल रहनेछ । जन्म कुण्डलीमा शनिग्रह कमजोर हुने हरूले श्रावण २१ गते सम्म र मंसिर १ गतेपछि अढैयाशनिको प्रभावले नराम्रा समचार सुन्नमा आउने र मानसिक चिन्ता पनि बढ्न सक्छ ।
वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यि,यू) 
वृश्चिक राशी हुने हरू का लागि श्रावण २१ गतेदेखि मंसिर १ गते सम्म शनिको अन्त्य साढेसाती रहेको कारण जन्म कुण्डलीमा शनि कमजोर रहने जातकहरूलाई गरेको कार्यमा उल्झन तथा काम बिग्रने समस्या हुन सक्ने र चोटपटकको भयपनि रहनेछ, तर बृहस्पतिग्रह राम्रो हुनेहरू कालगी विद्या र बुद्धिको विकाश हुने र चमत्कारी ढंगले सफलता दिलाउनेछ । सामाजिक र वैदेशिक क्षेत्रमा प्रभूत्व जमाउनपनि सकिनेछ ।

धनु(य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
२०७७ साल धनु राशी भएका व्याक्तिहरू लाई त्यति धेरै राम्रो र सफलता नमिल्ला । राहु, शनि र वृहस्पतिले शुभ(अशुभ मिश्रित फल दिनेछ । शनिको मध्य र अन्त्य साढेसातिको प्रभाव वर्षभरिनै रहनाले उक्त समयमा कमजोर शनि रहने जातकहरूलाई भने बढी संघर्षमय रहनेछ । जन्म कुण्डलीमा यदि शनिराम्रो पोजिसनमा भए शनिदेवले उच्च पद, प्रतिष्ठा र शुभ फल दिनेछन् ।

मकर (९भो,जा,जी,जू,जे,जो,खा,खि,खु,खे,खो,गा,गी)
मकर राशी हुनेहरूकालागि २०७७ साल मध्यम नै रहनेछ, वर्ष भरीनै गोचर गर्ने राहु र शनिको कारणले वैदेशिक कार्य राम्रो हुनेछ, तर स्वदेसको कमाईले व्यवहार धान्न गारो पर्ला । कसै कसैलाई अकस्मात सफलता मिल्ने र भाग्यमा बृद्धि हुनेछ । शनि कमजोर रहने हरूलाई वर्षभरिनै शनिको आद्य र मध्य साढेसातिको प्रभावले गरेको कार्यमा ढिलासुस्ती हुने र चोटपटकको भए रहनेछ, यदि जन्म कुण्डलीमा शनि उच्च तथा स्वगृह, मित्रगृह तथा ३,६,११औं भावमा भए शुभफल मिल्ने निश्चित छ
कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)

२०७७ साल कुम्भ राशी हुनेहरूकालागि मिश्रित फल मिल्नेछ । इच्छा र शौक बढेर जानेछ । व्यवसायीक सन्दर्भमा नयाँ व्यक्ति र नयाँ कम्पनीसंग आवद्ध भइनेछ र वैदेशिक यात्रा हुनेछ, तर नजीकका व्यक्ति र वन्धु वान्धवसंगको सम्बन्धमा नचाहाँदा नचाहाँदै चिसोपना आउनसक्छ । जन्म कुण्डलीमा शनिग्रह कमजोर हुनेहरूलाई श्रावण २१ गते सम्म र मंसिर १ गतेपछि शनिको आद्य साढेसातिको प्रभावले अप्रिय समचार सुन्न बाध्य बनाउने र मानसिक चिन्ता पनि बढाउन सक्छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,च,ची)

यो वर्ष मीन राशि भएका व्याक्तिहरू का लागि अधूरा कामहरू पूरा हुने, नयाँ कार्यको योजना बन्नेछ र बिस्तारै सफलतापनि पाईनेछ । धार्मिक र सेवामूलक कार्यमा मन जानेछ । घर परिवारमा शुभकार्य हुनेछ । भौतिक सम्पत्तिमा बढोत्तरी हुनेछ । वृहस्पतिले राज्यबाट मान सम्मान दिलाउने र मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ।
हाम्रोपात्रोबाट