झापा । लकडाउन बेला क्यान्सर रोगीलाई पूर्वाञ्चल क्यान्सर अस्पतालले सुविधा दिइरहेको छ ।

चितवन, भक्तपुर र भारतको विभिन्न अस्पतालमा रेडियसन र किमोथेरापी लिइरहेका बिरामीहरूलाई पूर्वाञ्चल क्यान्सर अस्पतालमै आउने गरेको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बताए । अस्पतालमा चौबिसै घण्टा इमर्जेन्सी सेवा चालू रहेको छ ।