धरान / आजदेखि कार्यभार सम्हालेका धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नव नियुक्त उपकुलपति डा. ज्ञानेन्द्र गिरीले प्रतिष्ठानका विभिन्न विभागका विभागीय प्रमुख, कर्मचारीसँग परामर्श शुरु गरेका छन् ।
प्रतिष्ठानका मेट्रोन उपेन्द्र यादवका अनुसार डा. गिरीले पदभार ग्रहण लगत्तै यहाँको काम कारवाही, यहाँका आइसियु, डाइलोेसिस मेसिनको अवस्थालगायतबारे जानकारी लिएका छन् । यहाँका विभागीय प्रमुखहरुबाट पनि प्रतिष्ठानको अवस्थाबारे जानकारी लिएका छन् ।
पदभार पछि के के गरे
डा. गिरीले विहान पदभार ग्रहणलगतै उनले बैशाख १ गत प्रतिष्ठानले सार्वजनिक विदामा हस्ताक्षर गरेका छन् । त्यस पछि उनले प्रतिष्ठानले बर्षभरी दिने विदामा हस्ताक्षर गरे । त्यस पछि उनले रिर्पोटिङ शुरु गरेका थिए । प्रतिष्ठानमा उनले शुरुमा नर्सहरुको अवस्थाबारे बुझे । कति नर्स कार्यरत छन् । अभाव कति छ भन्ने विषयमा मेट्रोन यादवसँग परामर्श गरेका थिए । प्रतिष्ठानमा भएका आइसियु मेसिन, अक्सिजन प्लान्ट, डाइलोसिस मेसिन, इमेरजेन्सी विभागको व्यवस्थापनबारेसमेत जानकारी लिए ।
उनले सम्भावित कोरोना संक्रमितको उपचार प्रक्रिया, व्यवस्थापन, उपचारमा संलग्न चिकित्सक र नर्सबारे पनि जानकारी लिएका छन् । आज दिनभरी प्रतिष्ठानको व्यवस्थापन, यहाँका उपकरणको स्थितिबारे जानकारी लिएको प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरीशंकर साहले जानकारी दिए । नव नियुक्त उपकुलपति गिरीले टिम बनाएर सवैसँगको सहकार्यबाट प्रतिष्ठानको हित हुने भन्दैं सबैसँग सहकार्य गरेर अघि बढ्ने बताएको प्राडा साहले बताएका छन् । अहिले पनि उनी छलफल मै व्यस्त छन् । छलफलमा उनले चाढै रजिष्टार नियुक्ति गरेर प्रतिष्ठानमा रोकिएका सबै काम कारवाहीलाई गति दिने बताएका थिए ।
काे हुन डा. गिरी
डा. गिरी विराटनगरस्थित विराट नसिंङ अस्पतालको मेडिसिन विभागको विभागीय प्रमुखका रुपमा कार्यरत थिए । भारतको एम्स् कलेजबाट एमडि गरेका मुटु रोग विशेषज्ञ डा. गिरी प्रतिष्ठानका पूर्व सिनेटरसमेत हुन । पूर्व सिनेटर भएका कारण प्रतिष्ठानबारे थोरबहुत जानकार छन् ।