ब्लाष्टखबर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्रा डा ज्ञानेन्द्र गिरीले आज पदभार ग्रहण गरेका छन् ।

हिजो मात्रै प्रतिष्ठानका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीबाट उपकुलपति नियुक्त भएका प्रा डा गिरीले आज अपरान्ह १२ बजे प्रतिष्ठानकाे हाजिरी खातामा हाजिर गरी पदभार ग्रहण गरेका हुन् ।

उनलाई प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा.गुरु खनाल, अस्पताल निर्देशक प्रा.डा. गौरी शंकर शाह, सहायक अस्पताल निर्देशक डा. विकास साह, प्रतिष्ठानका सह–प्रवक्ता डा. अशोक रेए सहित कार्यरत चिकित्सक तथा कर्मचारीहरुले स्वागत गरेका छन् ।  

पदवार ग्रहणसंगै उपकुलपति सर्च कमिटिमा अस्पतालको सेवालाई चुस्तदुरुस्त बनाउने, प्रशासनिक सुधार गर्ने,  शिक्षा  गुणस्तर वृद्धि गर्ने लगायतका कार्य याेजना प्रस्तुत गरेका उनले प्रतिष्ठानको विकासमा सबैसँग सल्लाह सुझाव लिएर काम गर्ने बताएका छन् ।