पाँचथर,यासोक/पाँचथरको कुम्मायक गाउँपालिका ५ स्याबरुम्बा अग्निपीडितलाई राहत बितरण गरिएको छ ।

कुम्मायक गाउँपालिकाको आदिवासी जनजाती महासंघ कुम्मायक शाखाले ५ हजार बराबरको राहत बितरण गरेको छ । संस्थाका अध्यक्ष दुर्गा बम्जनको टोलिले पीडित परिवारलाई राहात बितरण गरेको हो । पीडित परिवारलार्इ नगद २ हजार ५ सय रुपैयाँ चामल, दाल, लत्ताकपडा, नुन र तेल लगायतका खाद्य सामाग्री बितरण गरिएको संस्थाका सचिव सेमिक लावतीले बताए । 

त्यस्तै नेकपा कुम्मायक ५ वडा कमिटिले पनि २ हजार ८ सय ७० रुपैयाँ बराबरको राहत बितरण गरेको छ । लक डाउनको समयमा खाद्य संकट पर्न सक्ने भन्दै रकम संकलन गरि पीडित परिवारलाई राहत उपलब्ध गराएको वडा कमिटि अध्यक्ष टंकप्रसाद पौडेलले जनाए । पीडित परिवारलाई आवश्यक पर्ने खाद्यन्य लगायतका सामाग्री प्रदान गरिएको वडा कमिटिले जनाएको छ । यस अघि पनि अग्नी पीडित परिवारलाई वडा र गाउँपालिकाले राहत उपलब्ध गराएको थियो ।

केही दिन अघि स्थानीय नरेन्द्र उदासी चेम्जोङ र सन्तोष चेम्जोङको घर आगलागीका कारण नष्ट भएको थियो । दश लाखको क्षति भएको दुबै परिवारलाई स्थानीय सरकार र निजी संघ र सस्थाहरुले सहयोग गर्दै आएका छन ।