धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिहीबारै उपकुलपतिमा नियुक्त भएका प्रा.डा. ज्ञानेन्द्र गिरीले आफूले बीपीको उपकुलपतिलाई ‘अवसर र चुनौती’ दुवै रूपमा लिएको बताएका छन् ।

ब्लाष्टकर्मीसँगको फोनवार्तामा उनले भने, ‘मेरा लागि अवसर र चुनौती दुवै हो । बीपी प्रतिष्ठानलाई सुधार गर्ने जिम्मेवारी सरकारलाई मलाई दिएको छ । त्यसलाई पूरा गर्छु ।’ उनले ‘आफैँ पनि गल्ती नर्गने र गल्ती गर्नेलाई पनि नछाड्ने’ चेतावनी दिए । फोनवार्तामा संक्षिप्त कुराकानी गर्दै भने, ‘म आफैँ पनि गल्ती गर्दिन, गर्नेलाई पनि छाड्दिन ।’

उनी अमेरिकाको विभिन्न मेडिकल कलेजका भिजिटिङ प्रोफेसरका रूपमा कार्यरत रही सकेका छन् । सरकारले बिहीबार मात्रै उनलाई नियुक्त गरेको हो ।