धरान/धरान उपमहानगरपालिकाले बनाएको फुड बैंकले प्रत्येक वडामा दिएको राहत यति बेला वितरण भइरहेको छ ।

केही सम्बन्धित वडाका जनप्रतिनिधिहरूले सावधानी नअपनाउँदा राहत वितरणमा भीडभाडसमेत भएको छ । केही दिन अगाडि धरान–११ ले ज्ञानोदय स्कुलमा वितरण गरेकाे राहतमा स्थानीयको भीड जम्मा गरेर अस्तव्यस्त बनाएको थियो ।

dharan 11

                                              हेर्नुहोस् धरान ११ को राहत वितरणको भीड ।

धरान–९ मा बुधबार बाक्लो लाइन लगाएर बाढेको छ । दिउँसोको मध्य घाममा लामो लाइन लगाएर बाढेको छ ।

IMG20200408115608

                                     यो चाही धरान ९ ले वितरण गर्ने राहत लिन बसेको स्थानीय ।

कतिपयले माक्ससमेत लगाएका थिएनन् । सामाजिक दूरी कायम गर्नुपर्ने सामान्य कुरालाई समेत जनप्रतिनिधिहरूले ख्याल नगर्दा राहतले कतै समस्या ल्याउने हो कि भन्ने चिन्ता थपिएको छ ।

dharan 14

   यो चाहिँ धरान १४ ले राहत वितरण गदैं गरेको अवस्थाको तस्बिर ।

यता धरान–१४ नं. वडाले भने राहत वितरण केही व्यवस्थित गरेको देखिन्छ । प्रत्येकले माक्स अनिवार्य लगाएर आउनु पर्ने र एक मिटरको दूरी कायम गरेर लाइन बस्ने व्यवस्थासमेत मिलाएको छ । राहत वितरणले अर्को समस्या नआअाेस् भनेर माक्स अनिवार्य लगाएर दूरी कायम गरेर आउनेलाई मात्र वितरण गरिएको धरान–१४ का वडा अध्यक्ष कृष्ण भट्टराईले जानकारी दिए ।

dharan 15

                           यो चाहिँ धरान १५ ले राहत वितरण गर्दै गरेको अवस्थाको तस्बिर ।

यता धरान १५ नं वडाले पनि राहत वितरणलाई व्यवस्थित बनाएको छ । २७ वटा टोल विकास संस्था मध्ये चैत्र २३ गते ७ वटा सुसन टोल, महादेव चौक, खोरिया बस्ती, गर्भलाव मार्ग, आधारभूत मार्ग, निराजन बस्ती र लाजेशा रामलक्ष्मण मार्गमा ३१५ परिवारलाई राहत वितरण भएको छ । २४ गते विहान ११ वटा टोल तथा बस्तीहरू वीरनारायण बस्ती, ललित टोल, गणतन्त्र बस्ती, दीपेन्द्र बस्ती, शिवगंगा बस्ती, विशाल चौक, फूलबारी मार्ग, अमृत टोल, तुल्सी भीषण चण्डेश्वरी पूर्वी एभरेष्ट टोल, चुम्लुङ टोल र नौलो पथका का ५३७ विपन्न परिवारहरूलाई राहत वितरण गरिएको वडा अध्यक्ष नरेश इवारामले जानकारी दिए ।