लकडाउनका बेला ग्रामीण भेगकाे अवस्था । 

paddy_ropai_morang

कोरोनाभाइरसका कारण सरकारले गरेको लकडाउनले शहरतिर सुनसान रहेका बेला गाउँघरतिर भने चैतै धान रोपाइँ धमाधम छ । मोरङको सुन्दरहरैंचा नगरपालिका–६ क्षेत्रमा आइतबार धान रोपाइँ गर्दै स्थानीय । तस्बिरः उपेन्द्र चाम्लिङ
plough_Bhuda
धान रोपाइँका लागि माटो तयार गर्दै एक स्थानीय । गाउँघरबाट वैदेशिक रोजगारीमा जाने कारण युवाहरू सबै विदेशमा हुँदा गाउँघरमा बूढापाकाले हलो जोत्ने काम गर्दै आएका छन् । तस्बिरः उपेन्द्र चाम्लिङ
ghaspat_tarahara
गाईबस्तुका लागि घाँसपात लिएर जाँदै सुनसरी इटहरी तरहरा क्षेत्रका सर्वसाधारण । लक डाउन भए पनि दैनिकजसो यस क्षेत्रका मानिसहरू गाईबस्तुलाई यसरी नै घाँसपात ओर्साने गरेका छन् । तस्बिरः उपेन्द्र चाम्लिङ