विसं २०७६ चैत २३। आइतवार। इस २०२० अप्रिल ५। शकसंवत् १९४२ । प्रमादी संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेसं ११४० चौलाथ्व। चैत्र शुक्लपक्ष। द्वादशी
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)ः समय मध्यम खालको छ । गरिराखेको कार्यव्यवसायबाट मन अघाएर अन्यत्रै जाला, पढाई लेखाईको क्षेत्र भने सवलएवं सक्षम बनने छ ।
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)ः सामाजिक कार्यमा सहभागी हुनु पर्ने छ । तपाईले रेका कामको अरुले राम्रै प्रसंसा गर्नेछन्, सोच विचार गरेर कार्य गर्नुहोला ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)ः प्रतिक्षाको घडी समाप्त भएजस्तो छ । अधुरा कार्य सबै सम्पन्न होलान् । मानसिक सन्तुष्टि प्राप्त होला ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)ः यात्राको योग छ । जग्गा जमीनको बारेमा विशेष शुभ लाभका कुरा हुनेछन् । शारीरिक र मानसिक सुख प्राप्त होला ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)ः सामाजिक काममा प्रवृत्त हुने समय छ । भित्रि काम भन्दा बाहिरी कामको दायित्व बढ्ने छ । आफ्नो कर्तव्य नभुल्नु होला ।
कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)ः सन्तान पक्षबाट आवश्यक सहयोग मिल्ने छ । घर भन्दा बाहिरको बास उत्तम होला । काम गर्ने जांगर बढ्ने छ ।
तुला (रा,रि,रु,रे,रो,ता,ती,तु,ते)ः समय राम्रो छ । ज्ञानगुनका कुरा सिक्न पाइने छ । सामाजिक कामको लागि तपाइको महत्वपूर्ण भूमिका रहनेछ ।
वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यि,यू)ः त्यति भरपर्दो समय छैन । विश्वास गरेका व्यक्तिबाटै विश्वास घात होला । सञ्चारको माध्यमबाट लाभ मिल्नेछ ।
धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)ः सरकारी सेवामा आवश्यक सहयोगमिल्ने देखिन्छ । धार्मिक एवं सामाजिक कार्यक्रमबाट मानसिक सन्तुष्टि मिल्ने छ ।
मकर (भो,जा,जी,जू,जे,जो,खा,खि,खु,खे,खो,गा,गी)ः मध्यम खालको समय छ । लगातार एउटै शत्रुपक्षले दुःख दिनेछन् ।
कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)ः गरिराखेको पेशाबाट मन अघाएर अर्को बाटो लिन सक्छ । मान्यजन तथा घरपरिवारको सल्लाह बमोजिम अगाडी बड्दा राम्रोहोला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,च,ची)ः देश विदेश यात्राको लागि सान्दर्भिक समय आएको छ । इष्टमित्रको सहयोगबाट आवश्यक काम होला ।