विसं २०७६ चैत २२। शनिवार। इस २०२० अप्रिल ४। नेसं ११४० चौलाथ्व। चैत्र शुक्लपक्ष। एकादशी, १८स्० उप्रान्त द्वादशी।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)ः समय राम्रो छ । आर्थिक लाभको विभिन्न उपायहरु आउलान् । पठन पाठन तथा लेखन कार्यमा रुचि बढ्ला । यात्रा अनिवार्य जस्तै होला ।
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)ः प्राविधिक तथा व्यवसायिक दृष्टिले आर्थिक लाभको समय छ । सामाजिक तथा धार्मिक काममा सक्रिय भइएला । मन प्रशन्न रहला ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)ः समय सामान्य खालको छ । पारिवारीक जीवनमा केही खटपट पर्ला जस्तो छ । पैतृक सम्पत्तिमा केही वादविवाद नहोला भन्न सकिन्न ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)ः कामको जिम्मेवारी बढ्नेछ । तपाईले नपत्याएका कामबाट पनि प्रशस्त लाभ मिल्नेछ । समयलाई चिनेर अगाडी बढ्नु होला ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)ः समय मध्यम खालको छ । शिर तथा आ“खा सम्बन्धि समस्या आइपर्न सक्छ । आर्थिक संकटको अवस्था आइपर्न सक्छ ।
कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो) ः राम्रा कुराको संकेत पाउनु हुनेछ । परिश्रम बढि नै गर्नु
परेपनि व्यहारिक र आर्थिक अवस्थामा भने राम्रो प्रगति होला । मन प्रशन्न रहला ।
तुला (रा,रि,रू,रे,रो,ता,ती,तु,ते)ः धन लाभका विभिन्न उपयाहरु आउनेछन् । पुरानो उठ्न बा“की धन भने सजिलै उठ्ला । आर्थिक कारोबार राम्ररी फष्टाउला ।
वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यि,यू) ः आजको दिन त्यति भरपर्दाे छैन । अशुभ समाचार सुन्नाले मानसिक तनाब उत्पन्न होला । गरिराखेको कार्य व्यवसायबाट मन अघाउन सक्छ ।
धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)ः भोलीको लागि कुनै शुभशकुन प्रँप्त होला । धेरै नबोल्दानै तपाईको लागि उत्तम होला । आफ्नो योजना अनुसारको कार्य गर्न नपाइएला ।
मकर (भो,जा,जी,जू,जे,जो,खा,खि,खु,खे,खो,गा,गी)ः घरपरिवारमा रमाइलो वातावरण बन्नेछ । धार्मिक तथा ऐतिहासिक काम सम्पन्न हुने दिन आएको छ । विचार पु¥याएर काम गर्नु होला ।
कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)ः रसरंगमा भुल्ने समय छ । गफगाफ एवं इष्टमित्रहरुसंगको भेटघाटले मानसिन सन्तुष्टि होला । रमाइलो यात्राको अवसर आउला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,च,ची)ः प्रतिस्पर्धामा तपाईको विजय हुनेछ । यतिबेला गरेका प्रायः कामहरु सहजै सम्पन्न होलान् । रमाइलो यात्राको अवसर आउला ।