धरान /  धावकका लागि अन्य व्यक्तिको तुलनामा बढि पोषणको जरुरत हुन्छ । सन्तुलित आहारबाट पोषक तत्व पाउन सकिन्छ । प्राेटिन, कार्वोहाइडेट, भिटामिन, आइरन आदीको आवश्यकता धावकलाई पर्छ । धावकका लागि माछामासु अनिर्वाय हो भनिन्छ । र प्राय धावकहरुले माछामासु बढि भन्दा बढी खाने गर्छन् । तर एक जना यस्ता धावक छन् जो शाहाकारी छन् । त्यही शाहाकारी भोजन ग्रहण गरेर म्याराथुनमा विश्व रेर्कड पनि बनाएका छन् । विश्वका दुर्लभ धावक छन् जो शाहाकारी छन् ।
उनी हुन धरान–८ का सन्तोष राई , सन् २००१ मा ट्राभल्स एण्ड टुरको कोर्ष अध्ययनका लागि बेलायत छिरेका राई यति बेला धावकको रुपमा विश्वमा परिचित छन् । गाडी कुदाउन सौखिन राई २००९ देखि धावकको रुपमा उदाएका हुन । सन् २००७ मा छोरी नेवा राईको हाइडो क्याफलस(टाउकोमा पानी जम्ने) रोगले ग्रस्थ भए पछि उनी चिन्तित बने । त्यो पीडा विर्सन उनी दौडन शुरु गरेको बताउछन् ।
विश्वको ठूला ६ वटा म्याराथुन प्रतिस्पर्धामा भाग लिएर विश्व रेकर्ड कायम गरेका राई माछामासु खादैंनन् । प्रोटिन सबै भन्दा धेरै माछा मासुमा पाइन्छ भनिन्छ तर उनी भने शाहाकारी भोजनबाटै विश्व रेकर्ड बनाउन सफल भएका छन् ।
सन् २०१७ मा लण्डन म्याराथुन ३ घण्टा २ मिनेटमा पारेका थिए । सन् २०१६ मा भएको बर्लिन म्याराथुन २ घण्टा ५५ मिनेटमा पार गरेका थिए । बोस्टन म्याराथुन, सिकागो म्याराथुन, न्युर्योक म्याराथुन र सन् २०१९ मा टोकियो म्याराथुन ३ घण्टा १५ मिनेटमा पार गरेका थिए । उनले दुई घण्टा ५५ मिनेटदेखि ३ घण्टा १५ मिनेटको अवधीमा पार गरेर विश्व रेकर्ड बनाएका हुन । यी छ वटै रेकर्ड उनले सन् २०१६ अप्रिलदेखि २०१९ मार्च भित्र बनाएका थिए । उनले आफ्नो क्यारियर लण्डल म्याराथुनबाट शुरु गरेका हुन । जहाँ ३८ हजारभन्दा बढि धावक दौडन्छन् । ६ लाख बढिले एप्लाई गर्दा ३८ हजारसम्मले दौडन पाएका छन् । यो दौडको ३ घण्टा भित्र पार गर्नेलाई बेष्ट फिटनेसको उपाधी दिने गरिन्छ । उनी त्यति बेला २ मिनेट ढिला भए ।
यि ६ वटा म्याराथुनमा भाग लिन अवसर विश्वका दुर्लभ धावकहरुले पाउने उनी बताउछन् । श्रीलंकाको एक जना, भारतबाट ७ जनाले अहिलेसम्म यो ६ वटा म्याराथुनमा सहभागीता जनाउन मौका पाएका छन् । 'म्याराथुनका विश्व टपर इलुइट किप्धोगीले यो रेर्कड बनाउन पाएका छैनन् । भाग्यले मैले दुई बर्षको अवधीमा रेर्कड बनाउन सफल भए ।’ - उनले भने ।
शाहाकारी भोजन ग्रहण गरे पनि म्याराथुनमा सहभागी हुन सकिन्छ भनेर आफु साहाकारी भएको बताउने राई गहु जौबाट बनेको बेष्ट पोरेज, ब्राउण्ड ब्रेड, विन्स, च्याउ र प्रसस्त फलपूल खाने गरेको बताउछन् । ‘खेलाडीलाई चाहिने प्रोटिनको नाममा माछामासु बढि खाने चलन तोड्न चाहनन्छु ।’–उनले भने–भिगन पनि दौडन सक्छ भन्ने सन्देश विश्वलाई दिन चाहान्छु ।’ उनी खानामा ब्राउन राइस, तरकारी, विहानको खाजामा ब्राउण्ड ब्रेड, खान्छन् । स्वास्थ बन्न, पशु सुरक्षा र स्वच्छ वातावरणको अभियानका लागि मासु नखाएको बताउछन् ।
युके पाक रनको कन्सेप्टमा धरान रन
शुरुमा उनले नानीको उपचारका लागि युकेमा हुने पाक रनमा १० किमी दौडिएका थिए । प्रत्येक हप्ता शनिबार पाक रन हुने गरेको थियो । उनी नियमित दौडिए । उनी सन् २०११ मा पाक रनमा भाग लिएर नेपालकाे धरान फिर्किए पछि त्यही कन्सेप्टमा धरानमा धरान रन शुरु गरे । धरानमा नेवा च्यारेटी धरान रन शुरुवात गरेका छन् । जुन छोरीलाई बचाउन गरिएको रन हाल आएर अन्य हजारौ बालबालिकाहरुका लागि रन निरन्तर चलिरहेको छ । हाल आएर १० किमी रन हुदैं आएको उक्त प्रतियोगितामा ४ हजारसम्म धावकहरु दौडिदैं आएका छन् । यो नेपालको सबै भन्दा बढि धावकहरु सहभागी हुने ठूलो प्रतियोगिताको रुपमा परिचित छ । ५ सय भन्दा बढि धावकहरु प्रत्येक शनिवार दौडदैं आएका छन् । हाल त्यसको संयोजन रोमु राईले गरिरहेका छन् ।
उनको तयारी
६ वटा विश्वका उत्कृष्ट प्रतियोगितामा सहभागी भएर विश्व रकर्ड बनाएर उनी अहिले पनि त्यतिकै भने बसेका छैनन् । उनी अहिले अर्को रेकर्डका लागि तयारी गरिरहेका छन् । अहिले उनी ट्राथोलनको तयारी गरिरहेका छन् । यो ट्राथोलन भनेको स्वीमिङ साइक्लिङ र रनिङ एकै साथ क्रमश गरिने म्याराथुन हो । सन् २०१९ मा टोकियो म्याराथुन सहभागी भएपछि ट्राथोलन शुरु गरेका थिए । लण्डनमा भएको ३ सय मिटर स्वीमिङ, ८ किमी साइक्लिङ र १‍‌‍.६ किमी रनिङमा पहिलो स्थान हासिल गरे पछि उनी झन हौसिए । सन् २०१९ मै विश्वभरका धावकहरु सहभागी हुन लण्डल ट्राथोलनको ओलम्पिक डिस्टान्समा सहभागी भए । उक्त प्रतियोगिता १५ सय मिटर स्वीमिङ, ४० किमी साइक्लिङ र १० किमी रनिङमा सहभागी भए । उनी २ सेकेण्ड ढिलो हुदा उनी तेश्रो हुन पाएनन् ।
आइरन म्यान बन्न चुनौती मोल्दैं
उनको अवको लक्ष्य आइरन म्यान बन्ने छ । ३.८ किमी स्वीमिङ १८० किमी साइक्लिङ र ४२ किमी रनिङ पार गरे पनि आइरन म्यानको उपाधि पाइन्छ । त्यसका लागि उनी तयारीमा जुटेका छन् । यो सन् २०२१ म गर्ने तयारी छ । त्यो भन्दा अघि सन् २०२० नोभेम्बरमा नेपालमै हिमालयन एक्टाइ ट्राथोलन प्रतियोगिता हुने भएको छ । उनी त्यसमा पनि भाग लिने भएका छन् । उनको नाम ३४ स्थानमा दर्ता भइसकेको छ । नेपालबाट उनी एक्ला धावक हुन । यो विश्वको उच्च स्थानमा हुने प्रतियोगितामा विश्वका २४ वटा देशका धावकहरु दौडिने छन् । यो प्रतियोगितामा दौडिए पछि आइरन म्यानको लागि योग्यता पुग्ने उनी बताउछन् । सन् २००८ सम्म उनी ७५ केजी थिए तर हाल उनको शरिर फिट छ । ५५ / ६० केजी एभेरेजमा उनको तौल रहन्छ । हाल लकडाउनले उनले आफ्नो तयारी गर्न पाएका छैनन् । हाल उनी बेलायतमा बस्दैं आएका छन् । बेलायतको एउटा सेक्युरिटी कम्पनिको व्यवस्थापन हेर्ने जिम्मेवारी उनमा छ । प्रत्येक मार्चमा धरानमा हुने धरान रनमा उपस्थित हुन्छन् । धरान रनको च्यारेटीबाट उठेको पैसाले विपन्न बालबालिकाहरुको शिक्षा र स्वास्थ्यमा खर्च गरिरहका छन् ।