धरान । विश्वका स्टार फुटबलरमध्येका एक क्रिष्टियानो रोनाल्डोले कोरोनाभाइरसबाट लड्नका लागि आफ्ना ५ जना स्वयम्सेवकहरू तयार गरेका छन् ।

स्वयम्सेवकलाई विभिन्न अस्पतालमा खटाइएको छ । हालै उनले एक मिलियन अमेरिकी डलर कोरोनाभाइरसबाट पीडितहरूका लागि सहयोग गरेका थिए । यसबारे उनका व्यवस्थापक जर्ज मेण्डिसले जानकारी दिएका छन् । उनका अनुसार मेडिरा स्वास्थ्य विभागमा ती स्वयम्सेवकहरू खटिने भएका छन् ।

पोर्चुगलमा हाल एक सय जनाको ज्यान गइसकेको छ । मेडिरा स्वास्थ्य विभागमा हाल ९९ जना स्वयम्सेवकहरू पुगेका छन् । जसमा ५ जना रोनाल्डोले तयार गरेकाहरू छन् । त्यसो त अर्को विख्यात फुटबलर लियोनल मेसीले पनि बार्सिलोनामा एक मिलियन युरो सहयोग गरेका थिए ।